प्रचण्डलाई जुत्ता प्रहार, प्रहरीले जुत्ता हान्नेलाई समात्यो

राजनीति फागुन १९ २०७६ ekhabarnepal
2

काठमाडौँ,फागुन १८ २०७६
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार भएको छ।
 भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधनपछि आफ्नो सिटमा फर्कने क्रममा कार्यक्रममा सहभागी एक जनाले जुत्ता प्रहार गरेका थिए। यद्यपी दाहाललाई जुत्ता भने लागेन।

काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार भएको हो।  जुम्लाको सिँजा गाउँपालिका–२ का २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए। यद्यपी, उनले प्रहार गरेको जुत्ता दाहाललाई लागेको थिएन। 
 दर्शकदीर्घाको तेस्रो लहरबाट भएको दाहालमाथिको जुत्ता  पोडियम नजिकै खसेको थियो। 

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। 
८ वर्षअघि दाहाललाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा पूर्वलडाकु पदम कुँवरले माला लगाउने क्रममा थप्पड हानेका थिए। 

 अध्यक्ष दाहाललाई जुत्ता प्रहार गर्ने व्यक्तिमाथि दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रहरी नियन्त्रणमै लात्तीले हिर्काएका थिए।

प्रहरीले रोक्न खोज्दा पनि सापकोटाले पटक–पटक रतनलाई लात्तीले हिर्काए। 

प्राप्त प्रतिकृयाहरू

To Top