सचिवालयको निर्णय मान्‍नै पर्छ:दाहाल, सदस्य मनोनयन पार्टीले  गर्ने होइनः डा.भट्टराई

राजनीति फागुन १६ २०७६ ekhabarnepal
3

  
काठमाडौं, फाल्गुन १६
 नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्‍नै पर्ने बताएका छन् ।
 दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्‍त्रीले सचिवालयको निर्णय मान्‍ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याए । 'उपाध्यक्ष वामदेव गौतमजीलाई राष्ट्रिय सभामा पठाउने सचिवालयले सर्वसम्मत निर्णय गरेको हो,' अध्यक्ष दाहालले भने, 'निर्णय प्रधानमन्‍त्रीले मान्‍नु हुन्छ, मान्‍नै पर्छ। एक/दुई दिनमा थाह पाइहाल्नु हुन्छ।'

गौतमलाई प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने दाहालले बताए। ‘उहाँले गर्नु हुन्छ मैले त्यत्ति बुझेको हो। गर्नु भएन भने के भन्ने कुरातिर म अहिले जानै चाहन्न। उहाँकै समेत अध्यक्षतामा पार्टी सचिवालयले सर्वसम्मत रुपमा गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नु हुन्छ भनेर म कल्पना पनि गर्न सक्दिनँ’ दाहालले दोहर्‍याए।

उता प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अहिले राष्ट्रियसभा सदस्यको लागि वामदेव कमरेडको नामको प्रस्ताव आयो । यो विषय पार्टी आफैंले निर्णय गर्ने विषय होइन ।’

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै भट्टराईले राष्ट्रियसभा सदस्यको लागि मनोनयनको विषय संविधानले गरेको व्याख्यानुसार पनि सरकार र राष्ट्रपतिबीचको विषय भएको सुनाए । 

साक्षात्कारमा बोल्दै उनले यो विषयमा पार्टीको निर्णय लागु नहुने जिकिर गरे । उनले भने, ‘यसमा (यो मनोनयन) को विषयमा पार्टीको निर्णय लागू हुँदैन् । अस्ति पार्टीले १८ जनाको विषयमा फैसला गर्यो । त्यो पार्टीको निर्णय हो । त्यहिअनुसार कार्यान्यवन भयो ।
 यो राष्ट्रपतिको मनोनयनको विषय, पार्टीले निर्णय गरेर यो गर भन्ने होइन । पार्टीले सुझाव दिनसक्छ । पार्टीले सुझाव दिएको पनि छ । 

प्राप्त प्रतिकृयाहरू

To Top