सरकारको श्वेतपत्र:ट्रष्टको नाममा २२ हजार रोपनी जग्गा 

राजनीति फागुन १३ २०७६ ekhabarnepal
1

  

काठमाडौं,फागुन,१३ २०७६ । सरकारले आज श्वेतपत्र जारी गरेर नेपाल ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

लिजमा दिइएको नेपाल ट्रष्टको सम्पत्तिलाई लिएर सार्वजनिक आलोचना चुलिएपछि सरकारले यसबारे श्वेतपत्र नै जारी गरेको हो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको श्वेतपत्रअनुसार नेपाल ट्रष्टको नाममा २२ हजार रोपनी जग्गा रहेको छ।

श्वेतपत्रमा १५ हजार रोपनी जग्गा जंगल क्षेत्रले ओगटेको उल्लेख छ। जसमध्ये हाल विभिन्न ६ वटा सम्पत्ति ट्रष्टले लिजमा दिएको छ।

तत्कालीन राजदरबारले विभिन्न चार स्थानको जग्गा लिजमा दिएको थियो। २०६३ पछि त्यो जग्गा ट्रष्टको नाममा आए पनि लिज यथावत छ।

त्यस्तै, गणतन्त्र स्थापनापछि गठन भएका सरकारले थप दुई स्थानको जग्गा लिजमा दिँदा हाल कूल ६ स्थानको जग्गा लिजमा गएको जानकारी पोखरेलले दिए।

गणतन्त्रपछिका सरकारले लिजमा दिएको सम्पत्तिमा दरबारमार्गको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई र ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामसेर्कु प्रालिलाई लिजमा दिइएको जानकारी श्वेपत्रमा उल्लेख छ।

नेपाल ट्रष्टको जग्गा लिजमा लिएका कम्पनीहरू
१. गोकर्ण फरेस्ट रिसोर्ट – गोकर्ण फरेस्ट रिसोर्ट प्रालि
२. काठमाडौं प्लाजाको भवन (कमलादी) – कन्सेप्ट डेभलपर्स प्रालि
३. स्ट्याण्डर्ड चार्टर्डको भवन (लाजिम्पाट) – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रालि
४. बिजनेश पार्क (टेकु) – टाउन डेभलपर्स प्रालि
५. दरबारमार्गमा रहेको जग्गा (कम्प्लेक्स) – थामसेर्कु ट्रेकिङ प्रालि
६. सोल्टी आउटर कम्प्लेक्स (कालिमाटी) – थामसेर्कु प्रालि

प्राप्त प्रतिकृयाहरू

To Top