सटर फालेर ६ अर्बमा वन्ने १० तले अस्पतालमा हेलिप्याड ब्यवस्था

स्वास्थ्य फागुन ३ २०७६ ekhabarnepal
2

बुटवल,फाल्गुन २, २०७६
लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ।

 

 प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ। १० तले भवनमा सबै प्रकारका सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ। गुरुयोजनाको लागत ६ अर्बको हुनेछ। भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट बन्नेछ।

 १० तलाको मुख्य भवनमा १२ सय शैया हुनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अस्पताल भवनको डिजाइन नक्शा मुख्यमन्त्री सहित मन्त्रीहरु, लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालासंग प्रस्तुत भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top