नेतृत्व विकासमा सकारात्मक सोंचसम्वन्धी तालिम

समाज माघ २२ २०७६ ekhabarnepal
84294601 145077379814939 133630932388151296 n

बुटवल, माघ २२ 
कञ्चन गाउँपालिकाका पाँचवटै वार्डमा नेतृत्व विकासका लागि सकारात्मक सोंचसम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । पालिका र पानश फाउण्डेशन नेपालको आयोजनामा सञ्चालित तालिमको उद्घाटन गर्दै पालिका अध्यक्ष गोकर्ण क्षेत्रीले भौतिक विकासलाई मात्र विकास मान्न नसकिने भएकोले समग्र मानवीय विकासका लागि यो तालिम आयोजना गरिएको विचार राख्नुभयो ।


सकारात्मक सोंचको विकासलेनै ब्यक्तिको समग्र विकास हुने भएकोले सो लक्ष्य प्राप्तिमा तालिम सहयोगी हुने विचार प्रकट गर्दै उहाँले यसको प्रभावका आधारमा आगामी दिनमा कार्यक्रम थप गरिने विश्वास ब्यक्त गर्नुभयो । 
सो तालिमको उद्घाटन अवसरमा प्रमुख प्रशिक्षक घनश्याम कोइरालाले सोंचविचारलेनै मानिसले आफ्नो जीवन र समृद्व समाज निर्माण गर्नसक्ने भएकोले सकारात्मक सोंच आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।
फाण्डेशनका अध्यक्ष डी.आर.घिमिरेले नकारात्मक सोंचले मानिस मरिचजस्तै खुम्चिने र सकारात्मक सोंचले फूलजस्तै फक्रिने भएकोले मानव जिवनका लागि यस प्रकारका तालिमले सुगन्ध प्रदान गर्नसक्छ भन्नुभयो ।
 फाण्डेशनका सचिव प्रदिप आचार्यले फाउण्डेशनले ब्यक्तित्व विकास, संगठन निर्माण, योजना छनौट, उद्यमशीलता लगायत विभिन्न प्रकारका तालिम र अध्ययन अनुसन्धान गर्दै आइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमको समापन अवसरमा उपाध्यक्ष गोमा थापा तरामुले टोल विकास समिति, आमा समूह र समाजका अगुवालाई प्राथमिकता दिएर यस प्रकारको तालिम आयोजना गरिएको विचार राख्नुभयो ।
वडा नं. १ र ३ का अध्यक्ष क्रमसः हरिलाल थारु, नगेन्द्रवहादुर लामिछाने, वडा ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारी, कार्यपालिका सदस्य लक्ष्मीदेवी परियार, गीता थापा, रेनु कुँवर, गोमा कार्की लगायतले तालिमका अवसरमा विभिन्न वडामा आ—आफ्ना अनुभव सुनाएका थिए । तालिमको ब्यवस्थापन पानश फाउण्डेशनका ब्यवस्थापक नारायण गौतमले गर्नुभएको थियो ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top