महिलालाई उद्यमी र आत्मनिर्भर बनाउने अभियान 

अर्थ माघ १८ २०७६ ekhabarnepal
Butwal woman 1 1536x864


बुटवल, माघ १७ । 
बुटवल उपमहानरगपालिकाले महिलाहरुलाई उद्यमी, स्वाबलम्बी र कामकाजी बनाउन विशेष अभियान सुरु गरेको छ ।

तलिम लिइरहेका र तयारीमा रहेका महिला, प्रशिक्षक र व्यवस्थापकहरुलाई उपमहानगरको सभाहलमा भेला गरेर अभिमुखिकरण गराइएको छ । 
सोअवसरमा प्रमुख शिवराज सुवेदीले लैङ्गिक समता, प्रजनन स्वस्थता, जीवनोपयोगी शिक्षा, तथा पुगीसरी सम्पन्नता र संस्थागत सहभागिताका लागि व्यवहारिक तालिमहरुको सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमै महिलाको आयआर्जन बढाउने, आर्थिक पक्ष सुदृढ पार्ने र समतामूलक समाज निर्माणमा सबैको हातोमालो गराउने खालका कार्यक्रमहरु समावेश गरेको छ ।
 कार्यक्रमले उपमहानगरपालिका भित्र रहेका महिलालाई उद्यमशिल बनाउने, महिला शसक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिता प्रदान गर्ने,महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहीत गर्ने, पहुँच स्थापना, समता, समानता, समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख आचार्यको भनाइ छ ।

बुटवलका उत्पीडनमा पारिएका तथा भान्छामा सिमित रहन बाध्य पारिएका महिलालाई जनचेतनामुलक कार्यक्रमसंगै सीप विकास र आयआर्जनमुलक काम सिकाइने बताउनुभयो । 

महिलालाई अलग राखेर वा छुट्याएर समृद्धि हासिल हुन नसक्ने कुरामा बुटवल उपमहानगरपालिका सचेत र सजग रहेको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले विकासका कार्यक्रममा महिलालाई समावेश गर्दै समृद्धिको अभियानमा सरिक बनाइएको बताउनुभयो । 
बुटवल टेक्निकल इन्ष्टिच्यूटका कार्यकारी निर्देशक पीएल श्रेष्ठले उपमहानरगरपालिका र यूएनडीपीले सञ्चालन गरेको तालिमलाई बीटीआइमार्फत व्यवस्थापन गर्ने अवसर दिएको भन्दै सफल पार्ने प्रतिबद्धता जनाउनुभयो ।

फेसन डिजाइनरदेखि टायलमार्बल जडानसम्मका तालिम

बुटवलले महिलाहरुका लागि पहिलो चरणमा विभिन्न १२ प्रकारका विषयमा तालिम सञ्चालन गरेको छ । 

केही तालिम सुरु भइसकेका छन् भने केहीको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा सुरु भएको तालिममा टूरिजम तथा हस्पिटालिटी, गार्मेट कटिङ मास्टर, इलेक्ट्रिकल, ढाका कपडा बुनाई, कफिका परिकार बनाउने, हेयर कटिङ तथा श्रृंगार, फेसन डिजाईन तथा बारिष्टाजस्ता विषयलाई समावेश गरिएको छ । 
गत कात्तिक र पुस महिनादेखि यसखालका सीपमुलक तालिम सञ्चालन गरिएका छन् । अहिले चलिरहेका तालिमहरु माघ अन्तिमदेखि आगामी चैत १४ गतेसम्म सकिनेछन् भने लगत्तै अर्को चरण सुरु हुने छ ।

 बुटवल उपमहानगरले ६४ लाख र यूएनडीपीले ६७ लाख गरि यो परियोजनाका लागि कुल एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
फेसन डिजाइनजर तालिममा भने यसपाली तेस्रो लिंगीहरु सहभागी छन् । यानिक रानाको नेतृत्वमा १६ जनाले पहिलो चरणको फेसन डिजाइन तालिम लिन थालेका हुन् । लिंगका आधारमा हुने विभेद र आर्थिक विपन्नताका विषयलाई संवेदनशिल रुपमा लिंदै नगरप्रमुखले नै सीपमुलक तालिमको व्यवस्थापन मिलाएको अगुवा आनिकले बताउनुभयो ।

टाइल्स मार्बल जडान पनि सिकाइने

 मार्वल र टायलको जडानका लागि महिलाहरुसमेत सक्षम हुन सक्ने भन्दै बुटवलले महिलाहरुकै लागि यसखालको तापलमको शुभारम्भ गर्न लागेको छ ।
 योसंगै डेरी तथा दुग्धप्रशोधन, नर्सरी तथा बगैंचा निर्माण र इलेक्ट्रोमेकानिकल तालिम सञ्चालन गर्दैछ । यी विषयमा तालिम लिन आवेदन दिएका मध्येबाट पहिलो चरणमा ७० जना महिला छनौट भएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिनुभयो । यी विषयको तालिमको स्थान र मिति भने तय भइनसकेको महाशाखा प्रमुख लुइँटेलले बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top