मोटरसाइकल र स्कुटी ठोक्किँदा २ जनाको मृत्यु

समाज माघ १७ २०७६ ekhabarnepal
Moter

बुटवल, माघ १७ २०७६

 रुपन्देहीको सैनामैना रामापुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते १ जनाको अवस्था गम्भिर रहेको छ ।

लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल, लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटी एकआपसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। मृत्यु हुनेको सनाखत भएको छैन।

प्राप्त प्रतिकृयाहरू

To Top