नर्बु लामा नथाकलाई रोगले थकायो, फादर अफ कन्जुमरको पदविबाट सम्मानित  

समाज माघ १७ २०७६ ekhabarnepal
83666306 2435534263425006 8174489071247163392 n

बुटवल, १७ माघ ।
उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर ५ को बुटवलमा बसेको बैठकले विगत दुई दशकदेखि उपभोक्ता हित संरक्षणमा काम गर्दै आउनुभएका उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय कमिटीका पूर्व सचिव, रूपन्देही जिल्लाका संस्थापक अध्यक्ष तथा वरिष्ठ लेखक नर्बु लामा नथाकलाई उपभोक्ताका पिता (फादर अफ कन्जुमर) को पदविले सम्मान गरेको छ ।

उपभोक्ता आन्दोलनमा लागेपछि नामको पछाडि नथाकको उपनामले परिचित लामालाई अहिले भने रोगले थकाएको छ । 
२०५६ सालदेखि निरन्तर उपभोक्ताको पक्षमा पैरवी गर्दै आउनुभएका लामा त्यस अघि शिक्षा र कलाको क्षेत्रमा योगदान गर्दै आउनु भएको थियो ।  बुटवलमा अंग्रेजी माध्यमवाट नीजि क्षेत्रको विद्यालय सञ्चालन गर्ने थोरै ब्यक्तिमा लामा पर्नुहुन्छ । उहाँले गोलपार्कमा अरनिको वोर्डिङ्ग स्कुल चलाउनु भएको थियो । यसरी हेर्दा लामा बुटवलको शैक्षिक आन्दोलनका अनुकरणीय र अविष्मरणीय पात्र हुनुहुन्छ ।
कला क्षेत्रमा पनि उहाँको योगदान विशिष्ट रहेको छ । उहाँले गौतमवुद्वको जिवनचक्रलाई कलामार्फत् प्रस्तुत गर्नुभएको छ ।
 विगत केही समयदेखि दीर्घ रोगवाट प्रभावित उहाँको स्वास्थ्यलाभको कामना गर्दै उपचारको लागि उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर ५ का तर्फबाट अध्यक्ष श्री तेजकुमार पाठकले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । बैठकले स्वास्थ्य उपचारको लागि सबै व्यक्ति, संस्था र सरकारी निकायलाई सहयोग गर्न अपिल गरेको छ । बैठकमा वरिष्ठ पत्रकार डी.आर. घिमिरे, गौतमबुद्ध स्वास्थ्य संस्था बुटवल १० रामनगरका अध्यक्ष एजाज आलमको उपस्थिति थियो ।

    
    

प्राप्त प्रतिकृयाहरू

To Top