पूर्व एमाले र माओवादीको धङधङी कायमै 

राजनीति माघ १५ २०७६ ekhabarnepal
5e3165f86c878 cpn party


नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव
काठमाडौं, माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ ।

बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति २०७७ सालको चैत्रमा गर्ने प्रस्ताव गरिएको थियो ।

नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको केन्द्रीय सदस्य एंव प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।

नेकपाले आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको दाहालले  बताउनुभयो ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अझै पनि पूर्व समूह (एमाले र माओवादी)को धङधङी बाँकी रहेको सांगठानिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बुधवारदेखि राजधानीमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठानिक प्रतिवेदनमा नेकपाभित्र पूर्वसमूहको सम्झना आइरहने उल्लेख गरिएको हो ।

'यतिबेला हामी एकता प्रक्रिया टुङ्गिएर लोकतान्त्रिक मूल्याङ्कन प्रणालीमा आधारित नहुँदासम्म, एकआपसमा अन्तरघुलन भएर पूर्व समूहको सम्झनाबाट माथि उठ्ने अवस्था नआउँदासम्म आपसी सल्लाह, समझदारी र सहमतिमा अघि बढ्नुपर्ने अवस्थामा छौं,' पौडेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनमा उल्लख गरिएको छ ।

प्रतिवेदनले एकतालाई जोगाउन, अघि बढाउन र सबल तुल्याउन यस्तो तरिका अवलम्बन गर्नुपर्ने स्थिति रहेको बताएको छ ।

राष्ट्रिय अभियान सञ्चालन गर्ने
दाहालले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा महाधिवेशनको आधार तय गर्न आगामी फागुन १ गतेसम्म पार्टी एकता सुदृढिकरण, विकास तथा समृद्धिका लागि राष्ट्रिय अभियान गर्ने प्रस्तावसमेत गरिएको छ।

ओली र दाहालले पार्टी एकताको महत्व स्थापित गर्नका लागि अभियान खाँचो भएको भन्दै अभियानको कार्यतालिका प्रस्ताव गरेका हुन्।

आगामी वर्ष फागुन १ देखि १५ गतेसम्म प्रदेश जिल्ला र स्थानीय कमिटी अधिवेशन सम्पन्न गर्ने, फागुन मसान्तसम्म जनवर्गीय संगठनको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला र अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने, चैतदेखि २०७७ वैशाखसम्म सदस्यता नविकरण गर्ने, जेठ मसान्तभित्र घरदैलो अभियान, पदयात्रा,कोणसभा लगायत कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

यस्तै साउनको पहिलो सातासम्म गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगर तहका कमिटीले अभियानको समिक्षा गर्दै प्रतिवेदन तयार पारेर जिल्ला कमिटीमा पठाउने कार्यतालिका पनि प्रस्ताव गरिएको छ।

साउनको दोस्रो सातासम्म जिल्ला कमिटीले प्रदेश कमिटीलाई र तेस्रो सातासम्म प्रदेशले केन्द्रीय कमिटीलाई प्रतिवेदन तयार पारेर पठाउने कार्यतालिका प्रस्ताव गरिएको छ।

साउन महिनाको चौथो सातामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top