रूपन्देहीमा दुई ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

समाज माघ १४ २०७६ ekhabarnepal
2

काठमाडौं, माघ १४, २०७६

रूपन्देहीकाे रोहिणीमा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान साढे ५ बजेति आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।

दुर्घटनामा पाल्ही नन्दन गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मीको मृत्यु भएको हो। अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छैन।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ।

भीम अस्पतालमा ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन् । मेडिकल कलेजमा उपचार जारी रहेनेमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मी छन्। 

प्राप्त प्रतिकृयाहरू

To Top