लुम्बिनी विकास कोषको सदस्य सचिवमा ज्ञानिन राई

समाज माघ ८ २०७६ ekhabarnepal
Gayanin rai stock photo1

भैरहवा,माघ ८, २०७६ । लामो समयसम्म रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवमा ज्ञानिन राई नियुक्त हुनुभएको छ ।

कोषमा सदस्य सचिव नहुँदा कोषकै योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवका रुपमा काम गर्दै आउनुभएको थियो ।

पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले कोषका वरिष्ठ कर्मचारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेसँगै राई सदस्य सचिवमा नियुक्त हुनुभएको हो । राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख साथै वरिष्ठ अधिकृत हुनुहुन्छ ।

२०७४ साल मंसिर महिनामा तत्कालीन सदस्य सचिव अजितमान तामाङको पाँचवर्षे पदावधि समाप्त भएपछि खुल्ला प्रतिष्पर्धाबाट सदस्य सचिव चयनका लागि प्रक्रिया सुरु भएको थियो । 
तर सरकारले पाल्पा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललाई सोझै सदस्य सचिव नियुक्त दिएपछि विवाद भएको थियो । 
खुल्ला प्रतिष्पर्धाका लागि आवेदन दिएकाहरुले उजुरी गरेपछि ढकालको नियुक्ती विवादित भएको थियो । पछि सरकार आफैले उहाँलाई हटाएको थियो ।

राई लुम्बिनी र बुद्धिजम समेत बुझेको साथै अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वयकारी भूमिका राम्ररी निर्वाह गर्न सक्ने राम्रो दख्खल भएका कोषका कर्मचारी मानिनुहुन्छ । 

आफुलाई दिएको जिम्मेवारी राम्रोसँग पुरा गर्ने र लुम्बिनीको समस्याका बारेमा आफु जानकार रहेको बताउँदै छिटो भन्दा छिटो लुम्बिनीमा निर्माणाधीन बाँकी कामहरु साथै गुरुयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने उहाँले बताउनुभयो । लुम्बिनी विकास कोषमा सदस्य सचिव नहुदा विभिन्न नीतिगत निर्णयहरु गर्न समस्या परेको थियो । जसको असर गुरुयोजनाको काममा प्रत्यक्ष रुपमा परेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top