बुटवल–पोखरा सडक २५ अर्ब लागतमा विस्तार हुने

समाज पौष २७ २०७६ ekhabarnepal
Pokhara mugling road

काठमाडौं, पुस २७, २०७६
बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ।
भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो। दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ।

सडक विस्तारको लागि भारतको एक्जिम बैंकसँग सहमती भएको छ ।

उक्त सडक विस्तारको डिजाइन यसअघि नै भइसकेको छ। २५ अर्ब लागत लाग्ने अनुमान गरिएको उक्त सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङमार्ग पनि बन्नेछन्।

भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने गरी सडकको डिजाइन भएको छ भने सडकमा केही टनेल तथा मोडमा सुधार गर्दा बाटो केही छोटो हुन जानेछ।

सडकमा दुई वटा नयाँ पुल पनि थपिने छ। राम्दी तथा धुन्सामा नयाँ पुल थपिने डिजाइनमा उल्लेख छ। सडक विभागको डिजाइनमा काम सुरु भएको तीन वर्षमा विस्तारको काम सकिने बताइएको छ।

एक्जिम बैंकसँग सडक विस्तारको लागि आधिकारीक सहमति भने भइसकेको छैन। तर, अबको केही समयमा सहमति हुनसक्ने सम्भावना छ ।


 
 

प्राप्त प्रतिकृयाहरू

To Top