प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा, पक्षमा १०५ मत

राजनीति पौष २७ २०७६ ekhabarnepal
Pradesh 3

हेटौडा,पौष २७ २०७६

 प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ।

आइतबार बसेको प्रदेशसभाको बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको राजधानी र नाम टुंगो लगाएको हो। प्रदेशसभा सुरु भएको दुई वर्षपछि सत्तारुढ नेकपाको सचिवालयको कडा निर्देशनपछि प्रदेशसभाले हेटौंडालाई स्थायी राजधानी बनाउने निर्णय लिएको हो।

प्रदेश ३ का १०५ जना सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा मतदान गरेका छन्। ३ जना सदस्यले हेटौडाको विपक्षमा मतदान गरेका छन्। प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित थिए।

बैठकमा धुलिखेललाई प्रदेश राजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ। विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

प्राप्त प्रतिकृयाहरू

To Top