प्रदेश ३ को नाममा सर्वसम्मत, राजधानी हेटौँडाका लागि काँग्रेसको व्हिप

राजनीति पौष २६ २०७६ ekhabarnepal
Hetaudea lxzmc0hrpk

राजधानीमा साना दलको समर्थन  
 हटौँडा,पुस २६, २०७६ : प्रदेश-३ को राजधानी र नामका विषयमा शुक्रबार साँझ हेटौँडामा सर्वदलीय बैठक सम्पन्न भएको छ।
 बैठकबाट सकेसम्म एउटा मात्र स्थायी राजधानीको नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मती रहने विषयमा छलफल भएको हो। 
छलफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, कांग्रेसका दलका नेता इन्द्र बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपा का रीता माझीले राजधानी हेटौँडा र नाम वाग्मतीमा सहमति जनाएका थिए। 
नेकपाको केन्द्रीय नेतृत्वले यस अघिनै नाम वाग्मति र राजधानी हेटौडा भनेर निर्देशन दिइसकेको छ । 
नेमकिपाका सुरेन्द्रराज गोसाईंले पनि नाम बाग्मतीमा सहमत भएको तर राजधानी सकारात्मक मात्रै रहेको प्रतिक्रिया दिँदै शनिबार बिहान मात्रै आधिकारिक धारणा दिने वैठकमा बताएका थिए।  
यस्तै, विवेकशील साझा नेपाली दलले नाम बाग्मतीमा सहमत भएको बताउँदै राजधानीको विषयमा आधिकारिक धारणा शनिबार दिने बताए।
 

प्राप्त प्रतिकृयाहरू

To Top