मुलुकभर चिसो बढ्यो, अझै हिमपात र वर्षाको सम्भावना  

समाज पौष २२ २०७६ ekhabarnepal
11

काठमाडौं,पुष २२, २०७६ : 

 पश्‍चिमी वायु सक्रिय हुँदा मुलुकभर चिसो बढेको छ।चिसोले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ। वायु सक्रिय हुँदा पश्‍चिमी भू-भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो मध्य र पूर्वी भागमा मौसम सामान्य रहेपनि रातीदेखि बादल देखिने संभावना रहेको छ। देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्‍ गंगा नगरकोटीले जानकारी दिइन्।उनले भनिन्,' पश्चिमी वायु सक्रिय हुँदा पश्चिमका थोरै स्थानका साथै मध्य र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ।उपत्यकाको मौसम भने सफा नै छ।'

काठमाडौंको आजको तापक्रम  न्यूनतम  ४.२ र अधिकतम १६.३ डिग्री सेल्सियस रहेको  छ। यस्तै जुम्लाको तामक्रम न्युनतम ०.३ र अधिकतम ७.७  डिग्री सेल्सियस छ। सिमरामा भने सबैभन्दा उच्च तापक्रम रहेको छ। त्यहाँको तापक्रम न्यूनतम ९.६ र अधिकतम २३.५ डिग्री सेल्सियस रहेको छ।

यस्तो छ तीन दिनको मौसम

पौष २२ गते 

दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानमा साथै मध्य र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ ।

रातीः  देशको पश्चिमी भू-भाग, मध्य र पूर्वका पहाडी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  हिमपात  तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।

पौष २३  गते 

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

पौष २४  गते 

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

रातीः देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

प्राप्त प्रतिकृयाहरू

To Top