गुरुङ समुदायमा तमुल्होसार मनाइदै 

समाज पौष १५ २०७६ ekhabarnepal
157775430551

पुस १५, २०७६

गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमुल्होसार’ पर्व मनाइँदैछ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने छ ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top