नेकपाले केन्द्रीय कमिटी बैठक पुसमै बाेलायाे 

राजनीति पौष ६ २०७६ ekhabarnepal
1576430010ckk ktm parchand%282%29

काठमाडाैंपुस ५, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टी एकीकरण भएको डेढ वर्ष पुग्दा समेत नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउन सकेको थिएन । तर, २९ मंसीर देखि शुरु भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहालले माघ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने राजनीतिक प्रतिवेदन पेश गरेको भए पनि त्यस अगाडि नै बैठक बस्ने भएको छ । धुम्बाराहीमा ६ दिनसम्म बसेको बैठकले २० पुसमै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण पछि ४४५ सदस्यीय केन्द्रीय कमिटी बनेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top