नेपाली बिज्ञता बिदेशीको दास बन्यो

बिचार पौष २ २०७६ ekhabarnepal
Download

प्रा.डा.युवराज संग्रौला
आज सम्म, ७० बर्षमा नेपालले भोगेको एउटा चुनौती वा समस्या हो "जनताको उत्पादकत्व बढाउने र रास्ट्रीय पुंजीको निर्माण"मा शासन गर्नेहरुको एकरती ध्यान नजानु। यी ७० बर्षमा नेपालका शाशकले केबल बिदेशी सहयोग खोजे।के भयो तेस्को परिणाम।
१. देशका हेरेक क्षेत्रमा नितिनिर्माणका कार्यहरू बिदेशीहरुले गरे। नेपाली बिज्ञता उन्नयन हुन दिएनन। नेपाली बिज्ञता बिदेशीको दास बन्यो। जब गैरसरकारी सस्थांको बाढी चल्यो अल्पज्ञानका मानिसहरु पैसाका लागि बिदेशीका काम्दार बने, सक्षम मानिसहरु घेराको बाहिर लखेटिए। बिस्तारै पलाएन हुन थाले। देश बिज्ञताको खडेरीको सामना गरिरहेको छ।
२. नेताहरु प्लेनको टिकट काटीदिने गैरसरकारी संस्था चलाउने मानिस, चुनाबमा चन्दा दिने जग्गा माफिया, परिवारलाई खर्छ दिने बजार माफिया, र बिदेशीको चल्खेल घुसाउने ब्यापारी र छ्दम कर्मचारी र अरु सबै किसिमका माफियाबाट घेराउमा परे। देशका बारेमा सोच्ने, काम गर्ने, ईमानदार बौद्धिक, ब्यापारी, राट्रीयपुजिंपती र ब्याबसायीको मानमर्दन गरियो। यसबाट पनि देशमा बिदेशीलाइ नै सहयोग भयो। तेसैले यथार्थबादी, देशको आर्थिक बिशेषता त जनताको आर्थिक समृद्धिको सरोकार राख्ने अर्थशास्त्री, वकिल, इन्जिनियर, डाक्टर आदिको सधैं अपमान भयो। परिणाम अहिले देशका लागि बोल्ने मानिस छैन, नेताले बोलेको मानिसले पत्यांदैन।
३. देशका राजनीति नियुक्ति हुने पदमा पनि एकखालका कर्मचारीको बर्चस्व भयो। नेताहरु यस्ता कर्मेचारी तथा आफ्नो चाकरी गर्ने कार्यकर्ता बाहेक अरु खोज्दैनन। यी मानिस आम जनता खासगरि न्यून आर्थिक स्तरका जनतालाई हेरेर कुनै नीति बनाउदैन। यिनिहरु राज्यको सुबिधा दोहन गर्छ्न। यिनिहरु कामले थाकेर चाउरिने होइन छोटो समयमा राज्यका सुबिधा लिएर ब्युटी क्विन मा सिङ्गारिएका महिला जस्ता हुन्छ्न। राज्यका नेता गरिबको शोषण गर्छ्न, र यो क्रम ७० बर्ष देखि निरन्तर चलिरहेको छ। अहिले सम्म शासन गर्ने सबै असफल भएका छ्न।
४. न्यायापालिका कार्यकर्ता भर्ती गर्ने नेता, बिदेशी अनुदान लिएर बिदेश घुम्ने न्यायाधीशक, दलाल ब्यापारीका अपराध अनुसन्धान रोक्ने र रास्ट्रमा केही गरौँ भन्ने ममानिसलाइ आंतकित पार्ने प्रसासन जोगाउने भ्रष्ट न्यायाधीश, नेतालाइ गैरकानुनी काम गर्न सिकाउने वकिलको चंगुलमा अहिले देश छ।
५. सार्बजनिक बौद्धिकता निर्माण हुन नसकेको सबैले देखेकै कुरा हो। रचनात्मक बौद्धिक बहस देशमा छैन। बिरोधका नाम मा नकारात्मकता को प्रख्याती निर्माण भएको छ। यसबाट नेतृत्व आतंकित छ। यो प्रचलन पनि ७० बर्ष देखि कायम छ।
कसरी हुन्छ देशको बिकास यस्तो अवस्थामा? आम जनताको उत्पादकत्व निर्माण नगरी देश माथी उठ्दैन। तेस्का लागि देशभक्त बौद्धिकहरुको उन्नयन र संरक्षण गर्नु पर्छ राजनितिक पार्टी गर्दैनन। रास्ट्रीय पुजिंको निर्माण महत्वोपुर्ण कुरा हो, जो नेपाली माफियाको सहयोगले बिदेशीले गर्न दिदैनन।
अब के गर्न सकिन्छ? बहसको खांचो यहीं छ।

प्राप्त प्रतिकृयाहरू

To Top