पर्यटन विकासका लागि ठूला हैन साना कामको खाँचो 

विश्व पौष १ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
यतिवेला मुलुकमा पर्यटन वर्षको कुरा ज्यादै धेरै उठेका छन् । सरकारले पर्यटन वर्षको घोषणा गरेपछि केही कार्यक्रमहरु भएका छन् । गोष्ठी, सभा सम्मेलन देखि पत्रपत्रिकासम्मले पर्यटनलाई महत्व दिन थालेका छन् । त्यस अर्थमा पनि चर्चा हुनु स्वभाविकनै हो । यसवाट यो पनि थाहा हुन्छ कि सरकारले कुनै कार्यक्रमको घोषणा गरेपछि त्यसप्रति जनचासो वढ्दछ । विगतमा शायदै यस्तो हुन्थ्यो । 
सरकारले गरेको घोषणालाई जनस्तरवाट आत्मसात गर्नु सुखद कुरै हो । यस सन्दर्भमा मैले धेरैको ध्यान नजाने केही विषय छन् जसलाई उल्लेख गर्नुलाई मनासिव मानेको छु । प्रायः लुम्विनीमा हुने धेरै कार्यक्रममा ब्यक्तिगत रुपमा म सहभागी भएको छु । त्यहाँ उठ्ने दुइवटा मुख्य विषयहरु छन् । पहिलो पर्खाल भित्रको लुम्विनी र वाहिरको लुम्विनीमा रहेका समस्या कसरी हटाउन सकिन्छ ? दोश्रो खासमा ब्यवसायीको तर्फवाट उठ्ने गरेको विषय पर्यटकको वसाई कसरी लम्वाउने र धर्मशालामा वस्नवाट कसरी रोक्ने ? यी कुरा वाहेक अरु पनि छन् जसलाई मैले सुझावको रुपमा उठाउने छु । 
यी विषयप्रति रहेको मेरो धारणाले कति महत्व राख्छ मलाई यकिन छैन । तैपनि सार्वजनिक महत्वका यस्ता विषयमा आ—आफ्ना धारणा सार्वजनिक गर्नु अनुचित हुने छैन । 
पर्यटन ब्यवसाय हाम्रा लागि सस्कार र सस्कृति हो । तर, अहिले यति मात्र भनेर उम्कन सकिन्न । किनकि यो मूलभूत रुपले सेवामूलक ब्यवसाय हो । यसवाट अर्थोपार्जन गर्न र रोजगारी सृजना गर्न सकिन्छ भने यसलाई ब्यवसायवाट अलग गरेर हेर्न मिल्दैन ।
जहाँसम्म लुम्विनीको कुरा हो त्यो केवल लुम्विनी विकास कोषको कुरा मात्र हैन । कोषले भित्रका लागि जे जति प्रयत्न गरेको छ त्यसलाई एकैछिन ठिक मान्ने हो भने वाहिरको लागि स्थानिय पालिकाले धेरै प्रयत्न गर्न जरुरी छ । प्रायः कोषले गरिदिएन भन्ने गरेको सुनिन्छ तर, उसको दयित्व भनेकै भित्रको ब्यवस्थापन र लुम्विनीसंग जोडिएका पुरातात्विक तथा ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्वन गर्नु हो । भित्रको ब्यवस्था चुस्त र गुरुयोजना अनुरुप वन्यो भने अरु वाहिरको विकास गर्नका लागि कोषलाई गुहार्नु पर्दैन । कोषको नाम लुम्विनी भएको अर्थमा त्यही सीमित रहन पनि सक्दैन कोष । कपिलवस्तु, रामग्राम र देवदहका लागि पनि उत्तिकै काम गर्न जरुरी छ ।
कपिलवस्तु, रामग्राम र देवदहले पर्खाल वाहिरको कुरा ल्याउँदैनन् भने लुम्विनीले मात्र किन उठाउँछ ? मानौं लुम्विनीले कोषलाई आफ्नो मात्र सन्तान मान्दछ । संयुक्त राष्ट्रंघ (यूएन) को मुख्यालय न्यूयोर्कको न्यूजर्सीमा छ । तर, उनीहरुले त्यसलाई आफ्नो मान्दैनन् । न्यूयोर्कको कानुन पनि यूएनलाई लाग्दैन । त्यो सस्था पूर्णरुपले स्वतन्त्र छ । आफ्नै नीति नियमले चलेको छ । लुम्विनीको वास्तविकता पनि यस्तै हुनुपर्ने हो । तर, भएको छैन । यो कोषले भित्रको लुम्विनीलाई विकास गर्न सक्यो भने स्थानीय विभिन्न पालिकाहरुले त्याहाँ आउने पर्यटकलाई वाहिर लैजाने वनाउन सक्नुपर्छ । पूर्वाधारको विकास पनि त्यसरीनै गर्नुपर्छ ।
राम्रो गन्तब्य वन्यो भने भित्र आउने पर्यटकहरु स्वभावैले वाहिर पनि जान्छन् र त्यसको प्रतिफल पाउन सक्छन् जनताले । विडम्वना के छ भने लुम्विनी आदर्श नगरपालिकालेनै वाहिरका गन्तब्य जे जति छन् तिनको प्रवद्र्वनात्मक कार्यक्रम गर्न सकेको छैन । यसरीनै अरु पालिकाले पनि गर्न सकेका छैनन् । त्यसैले छिमेकी पालिकाहरुवाट आ—आफ्ना क्षेत्रमा रहेका गन्तब्यको प्रचारका साथै पर्यटकहरु आउने लायक वनाउन जरुरी छ । 
पर्यटकको वसाई लम्वाउने र आउने वनाउने एकमात्र उपाय भनेकै यही हो । आस्थाका हिसावले, धर्मका हिसावले, रुचिका हिसावले, अध्ययनका हिसावले यहाँ आएका पर्यटकलाई टिकाउनका लागि यस्ता अनगिन्ती काम गर्न जरुरी छ । भित्र हरियाली छ वाहिर छैन । भित्र फूलवारी छ वाहिर छैन । भित्र सरसफाई छ वाहिर छैन । आखिरी किन ? भित्र सफाइ गर्ने कोषले वाहिर किन गर्दैन भन्छ भने त्यो समाधान हैन । वरु भित्रको सफाइले वाहिर वस्नेले सिक्नु पर्यो । हरियाली वा फूलवारी वाहिर किन नवनाउने भनेर लाग्ने मान्छेको खाँचो छ सो ठाउँमा । 
ब्यवसायीले धर्मशालामा वस्ने कामलाई सरापेर पर्यटक आउँदैनन् । प्रायः यस्ता धार्मिक क्षेत्रमा जहाँ गएपनि यस्तै हुन्छ  । एकपटक म आफै पनि सिंगापुर घुम्दा हिन्दुको मन्दिरमा भतेर लगाएको देखेर खाना खाएँ । खर्च वँचाए । हरेक देशका नागरिकप्रति तत् तत् देशका गुम्वाको सहानुभूति हुन स्वभाविक हो । हामी पनि विदेशमा जाँदा त्याहाँ रहेको दूतावासले वेवास्था गर्यो भने रिस उठ्छ ।
वंगलादेशले दैनिक २५० डलर खर्च नगर्ने पर्यटकलाई प्रवेशनै दिन्न । उसले संख्यालाई भन्दा गुणात्मकतालाई ध्यान दिएको छ । थोरै पर्यटकवाट मनग्गे फाइदा लिन सकेको छ । हामीले नीतिगत रुपमै यस्ता विषयमा ध्यान दिने हो भने गुम्वामा वस्न दिनु हुँदैन भन्ने कुरै उठाउनु पर्दैन ।
हामीले पर्यटकलाई भुलाउने हो भने भुल्ने वातावरण वनाउनु पर्छ । कसैलाई वस्नुपर्छ भनेर मात्र हुँर्दैन । यही मंसीरको पहिलो हप्ता हुनुर्छ एकजना चिनियाँ भिक्षुणीसंग डा. शागर न्यौपानेमार्फत बुटवलमै भेट भयो । संयोगले उनीसंग संगै खाना खाने र केही ठाउँमा डुल्ने अवसर प्राप्त भयो । पाल्पाको नुवाकोटदेखि भैरहवासम्म हिँड्दा धेरै कुरा भए । तर, उनले जतिवेला पनि मलाई एउटै कुरा भनिन् । पर्यटनको विकासका लागि तीन चीजमा ध्यान जानुपर्छ । त्यो हो हरेक स्थानको कथा वनाउने, सरसफाइ गर्ने र उज्यालो वनाउने । यी तीनवटै कुरा असाध्यै महत्वका थिए । 
पछि मैले यस कुरालाई धेरै पटक मनन गरें । जति पटक मनन गर्दै गयो उतिनै यसको औचित्य पुष्टि हुँदै गयो । पर्यटकलाई भुलाउने मुख्य कुरानै कथा रहेछ । यसका लागि कथा भन्ने गाइडको पनि उत्तिकै आवश्यकता रहेछ । यसो गर्दा प्याकेज पनि सहज ढंगले वन्न सक्छ । नीजि क्षेत्रले यतिसम्म पनि गर्न सक्दैन अनि गुनासो गर्छ पर्यटकलाई वसाल्न सकिएन । 
  त्यसैले पर्यटन वर्षको संघारमा निम्न कामतर्फ ध्यान दिन जरुरी छ ।  
१. गन्तब्यको पहिचान दिन पुस्तिकाको प्रकाशन ः
 हरेक गन्तब्यमा जाने कुरा त्यसै पनि भएकै छ । आजभोलि घुम्ने विषयले सस्कृतिको रुप लिँंदै गएको छ । विद्यालय, टोल विकासहरु, सामुदायिक वन उपभोक्ता समूह, युवा युवती सवैले यात्रा गर्ने कार्यक्रम वनाएकै हुन्छन् । यसवाहेक विभिन्न ठाउँमा विदेशी पर्यटक पनि आएकै हुन्छन् । विडम्वना के छ भने उनीहरु जान्छन् तर, त्यसको विवरण पाउँदैनन् । यो सानो काम हो तर, यही पनि हुँदैन, भएको छैन । त्यसैले क्षेत्रगत रुपमा, जिल्लागत रुपमा वा कुनै एक ठाउँको मात्र भएपनि व्रोसर वा पुस्तिका प्रकाशन गरेर विक्री वितरणको ब्यवस्था मिलाउन जरुरी छ । यो काम स्थानीय पालिका वा ब्यवस्थापन समितिले गर्न सक्दछ ।
यसलाई पत्रकारिताको भाषामा स्टोरी वा कथा भन्न सकिन्छ । कथा लेख्दा पढौं पढौं खालको हुनुपर्छ । त्यस क्षेत्रको भूगोल, हावापानी, गन्तब्यस्थलको महत्व आकर्षक फोटोसहित दिन सकियो र सोही ठाउँमा घुमाउँदै वताउन सक्ने जनशक्ति तयार गर्दा एकातिर रोजगारी मिल्ने अर्कोतिर पर्यटकले केही समय विताउन सक्ने हुन्छ । यस्तो कामलाई पर्यटनको भाषामा गाइड भनिन्छ । जानकार गाइड तयार भए भने उनीहरुले गाउँमै वसेर रोजगारी प्राप्त गर्नसक्छन् । यति मात्र गर्दा पनि एकरात त्यँही वस्नुपर्ने अवस्था आउन सक्छ । हरेक होटलमा वसेर यस्ता सामाग्री पढ्न पाउने ब्यवस्था मिलाउँदा पनि स्वतः वसाई लम्विन सक्छ । 
२.भिडियोमार्फत् जानकारी ः
मानिसलाई आकर्षण र भुलाउने तरिका विभिन्न ढंगले गर्न सकिन्छ । एउटा विश्रामगृह वनाएर एकछिन थकाई मार्ने र सम्पूर्ण वस्तुस्थिति वताउने काम भिडियोमार्फत गराउने ब्यवस्था मिलाउन खासै समस्या पर्दैन । तर, यही काम पनि हुन सकेको छैन । हामीले यतिमात्र गर्न सक्दा पनि पर्यटकले आत्मसन्तुष्टि प्राप्त गर्न सक्छन् । यस्ता स—साना लगानी गर्ने काम प्रायः पालिकालेनै गर्न सक्छन् ।  
३.सुन्दरीकरण ः
सुन्दरीकरण गर्ने भनेको ठूला संरचना वनाउने मात्र हो भन्ने वुझाई छ । साना काममा पटक्कै ध्यान जाने गरेको छैन । भएकै संरचनालाई सुन्दरीकरण गर्ने काम असाध्यै सहज र सरल रुपमा गर्न सकिन्छ । फूलका विरुवा, साना ठूला विरुवा रोपण, सरसफाई, भएका ढुंगा माटोलाई रंग भरेर आकर्षक वनाउन सकिन्छ । फूललाई विभिन्न रुप दिएर आकर्षक गराउन सकिन्छ ।
हामीले प्रकृतिलाइनै वेच्न सक्छौं । कृत्रिमता जरुरी छैन । यसको अर्थ संरचना नवनाउने भनेको हैन शुरुमै त्यसको आवश्यकता छैन भन्ने हो । अर्थात् जे छ त्यसैवाट शुरु गर्न सकिन्छ । यो भनेको पर्यटकीय वातावरण वनाउने पनि हो ।
४. शौचालयको ब्यवस्था ः
शौचालय प्राथमिक कुरा हो । हरेक होटल वा सार्वजनिकस्थलमा शौचालय अत्यावश्यक छ । शौचालय भएर मात्र हुँदैन त्याहाँ पानी र सरसफाईको उत्तिकै जरुरी हुन्छ । शौचालय भनेको फोहर ठाउँ हैन । प्रायः गन्तब्यस्थलमा शौचालयको अभावले पर्यटकहरुले समय विताउन सकेका छैनन् । भएका शैचालय पनि सफा छैनन् । धारापानीको ब्यवस्था छैन । त्यसैले आधुनिक सुविधासम्पन्न शौचालयको ब्यवस्था हरेक ठाउँमा जरुरी छ । 
५.सरसफाई ः
सफा ठाउँमा कसैले पनि फोहर गर्ने हिम्मत गर्न सक्दैन । हरेक गन्तब्य स्थलमा सरसफाईप्रति पटक्कै ध्यान दिइन्न । एउटा मन्दिरकै कुरा गरौं । फूल प्रसाद र दुध चढाउने, अगरवत्ति र वत्ति वाल्ने ठाउँ मनपरि हुन्छ । प्रायः वौद्य गुम्वामा धूप वत्ति वाल्ने ठाउँ तोकिएको स्थानमाभन्दा अन्यत्र गर्न पाइदैन । यसो गर्दा फोहर हुने सम्भावना हुन्न । के यस्तो ब्यवस्था हिन्दु मन्दिरमा गर्न सकिन्न ।
पार्कहरुमा मुमफली खाएर वोक्रा, प्लास्टिक झोला फाल्नेदेखि जहाँ पायो त्यँही थुक्ने, खकार्ने र उस्तै परे पिसाव गर्नेसम्मका काम हुन्छन् । फोहर फाल्ने वाल्टी रहेछ भने यात त्यसमा फालिदैन या वाल्टीनै भरिएर गन्हाउने हुन्छ । यी र यस्ता मसिना समस्यालाई समाधान गर्ने तर्फ ध्यान आकृष्ठ हुन जरुरी छ । 
सरसफाइप्रति हामीकहाँ गलत मनोविज्ञान छ । त्यो कस्तो भने आफ्नो घरको फोहर पनि सरकारले उठाइदिनु पर्छ । जवकि संसारभरिनै यस्तो हुँदैन ।
तीन वर्ष अँघि म अमेरिकाका आठ दशवटा राज्यमा घुमेंको थिएँ । घरको सफा गर्ने त कुरै भएन आफ्नो घर अगाडिको हिउँ फाल्ने काम पनि सम्वन्धित ब्यक्तिलेनै गर्नुपर्ने रहेछ । पछि क्यानडा वस्ने कतिपय नेपालीहरुले हिउँ सफ गरेको फोटो फेसवुकमा पोष्ट गरेको देखेपछि त्याहाँ पनि त्यस्तै रहेछ भन्ने ानकारी प्राप्त भयो । कथं सफाई भएन र सरकारले गर्नुपर्यो भने त्यसवापत जरिवाना तिर्नुपर्ने हुन्छ ।लगेर  तर, हामीले घरको फोहर सडकमा फाल्छौं । यस्तो ब्यवहारले कसरी सफा ठाउँ वन्न सक्छ र ? 
फोहर फाल्ने ठाउँ तोकेर राखिदिने हो भने त्यसैमा फाल्ने वातावरण वन्न सक्छ । तर पनि यसप्रति ध्यान जान सकेको छैन । त्यसैले हरेक गन्तब्यस्थलहरु सफा र चिटिक्क हुनैपर्छ ।
६.राम्रो चियानास्ता वा खानपान ः  
 पहिला पहिला भोक मार्ने उपाय भए हुन्थ्यो । तर, अहिले चिया नास्ता गर्ने र त्यही वहानामा एकछिन आराम गर्ने मनोविज्ञानको विकास भएको छ । त्यसैले सफा खोज्नेको संख्या वढ्दै गएको छ । अलिकता महंगा भए पनि सफा अनिवार्य मानिन्छ । होटलमा वसेर ढुक्कसंग खाने अवस्था सृजना गर्नैपर्छ । यसका लागि न्यूनतम तालिम होटल सञ्चालकलाई जरुरी छ । आजभोलि ठूलो लगानीमा खुलेका होटलमा पढेलेखेका ब्यक्तिहरुनै कुक वा वेटर हुने प्रचलन वसेकोले त्यस्ता ठाउँमा खासै समस्या आउँदैन । अरु साना होटलमा यो समस्या अलि धेरैनै छ । त्यसैले साना ब्यवसायीलाईै निश्चित समयको तालिम जरुरी छ । यो काम पालिकालनै गर्न सक्छ वा प्रदेशले पनि सक्छ । 
अतः कुनै काम सरकारले गरेन भन्नु भन्दा पनि नीजि क्षेत्रले आधारभूत काम गर्न शुरु गरिहाल्नुपर्छ । यसभित्र टुर प्याकेज पनि वनाउन सकिन्छ । 
अन्तमा  पानश फाउण्डेशन नेपालले गर्न थालेका केही कामको जानकारी दिनु अन्यथा हुने छैन । अनुसन्धानको क्षेत्रमा थोरै भएपनि योगदान गर्न सकिन्छ कि भन्ने उद्वेश्यले दुई वर्ष देखि सक्रिय यो सस्थाले सरकारको नीति अनुरुपनै यो वर्षका लागि पर्यटन केन्द्रीत कार्यक्रम तय गरेको छ । 
जसअनुसार पहिलो पर्यटन पत्रकारिता तालिमको आयोजना गरिदैछ । तालिमको पूर्व तयारीस्वरुप विज्ञ सम्मिलित टिमले पाठ्यक्रम वनाउन थालिएको छ । दोश्रो परिचयात्मक पुस्तिका वा व्रोसर प्रकाशनको तयारी गरिएको छ । पहिलो पटक यस प्रदेशका कम्तिमा ६ वटा जिल्लाका गन्तब्य पहिचान गरि अलग अलग व्रोसर वा पुस्तिका प्रकाशन गरिनेछ । तेश्रो ५ नं. प्रदेशका गन्तब्यको गाइड वुकलाई चाइनिज भाषामा प्रकाशनको तयारी गरिएको छ । चौथो ५ नं. प्रदेशको पर्यटकीय महत्व झल्काउने गरि ध्ध्ध्।ध्भअियmभ ीगmदष्लष् नामक वेवसाइट वनाउने काम भइरहेको छ । र पाँचौ वर्षको अन्त्यमा एउटा अनुसन्धानमूलक जर्नलको प्रकाशन गरिने छ । यी सवै कामका लागि नेपाल सरकारका सम्वद्व निकाय, प्रदेश सरकार, स्थानीय पालिका र नीजि क्षेत्रसंग  सहकार्य गरिनेछ ।
२०७६ मंसीर २८
 

प्राप्त प्रतिकृयाहरू

To Top