मिडियाले विश्वसनियता नगुमाउनुस्ः मन्त्री चौधरी, राजधानी तोकिएको समाचार सत्य हैन 

राजनीति पौष १ २०७६ ekhabarnepal
Mechikali

बुटवल,मंसिर ३०

प्रदेश पांचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मिडियाले अनुमानका भरमा समाचार लेखेर विश्वसनियता गुमाउन नहुने विचार ब्यक्त गर्नु भएको छ । 

मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली सन्देश दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वासनीयता गुम्ने भएकोले त्यसतर्फ सचेत् अुन आग्रह गर्नुभयो । 
प्रदेशको राजधानीका वारेमा आजै प्रकाशित समाचारलाई लिएर उहाँले सो विचार ब्यक्त गर्नु भएको हो । 
उहांले हिजो,आज प्रदेशको राजधानी र नामाकरणको विषयमा आएका समाचारहरुमा सत्यता नभएको दावी गर्नुभयो । राजधानी र नामाकरणका विषयमा केही मिडियामा समाचारमा कूनै सत्यता नभएको मनत्री चौधरीको भनाइ छ ।
  जवाफदेहीता पत्रकारितामा पनि आवश्यक रहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री चौत्ररीले सकारात्मक सोंचले समाचारहरु आउनुपर्ने बताउनुभयो ।

हल्ला र भ्रम फैलाउने समूहबाट टाढा रहेर सत्यतथ्य समाचार लेख्नु पर्ने उल्लेख गर्दै तथ्यमा रहेर सरकारलाई सही दिशा निर्देश  गर्ने खालका समाचार लेख्न उहाँले मिडियालाई आग्रह गर्नुभयो । 

प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश पांचको राजधानी बुटवल भन्दा बाहिर जान नसक्ने दावी गर्नुभयो । उहांले जनघनत्व र पूर्वाधार भएको ठाउंमा प्रदेशको राजधानी हुने बताउनुभयो । प्रदेशसभाको बिशेष समितिको सूचना चुहिएको भन्दै श्रेष्ठले सूचना चुहाएर भ्रम श्रृजना गर्ने काम राम्रो नभएको बताउनुभयो ।
पत्रिकाका पूर्व सम्पादक डी.आर. घिमिरेले पत्रिकालाई प्रदेशस्तरीय वनाउन र सम्पादन क्षेत्रमा लगानी वढाउन आग्रह गर्नुभयो । 
कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक बसन्तराज खनाल, पूर्व सांसद देवेन्द्र घिमिरे, लुम्बिनी दैनिकका अध्यक्ष मोहन चापागाई, बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक विष्णु भुसाल,  पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, लेखक तथा स्तम्भकार खेटराज दाहाल लगायतले बोल्दै पत्रिकालाई व्यवस्थित र विश्वासनीय बनाउन सुझाव दिएका थिए ।

होमराज बस्यालको अध्यक्षता र विष्णु गैरेको सञ्चालनमा उक्त कार्यक्रम भएको थियो । बुटवलबाट प्रकाशित हुंदै आएको मेचीकालीले आफ्ना कर्मचारी र सम्वदाताहरुलाई सम्मान गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top