सुरुङमार्गको युग

बिचार मंसिर २९ २०७६ ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे

  •     २०१२ सालमा कल्पना गरेको उत्तर दक्षिणको यो सडक त्यतिवेलै वनाउन सकेको भए चिनतर्फको नाका उहिल्यै खुल्ने थियो । तर, त्यस्तो भएन । 
  •     राजनीतिमा इच्छा शक्ति ठूलो कुरा रहेछ । त्यो भयो भने धेरै काम हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन । यो मार्ग वन्दा चिनसम्मको सिधा पहुँच हुनेछ र नेपाल तथा भारतकै लागि आवागमनको सहज ब्यवस्था हुनेछ । 


लामो समयको प्रयासपछि सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण हुने भएको कुराले यस क्षेत्रमा एक खालको तरंग ल्याएको छ । ‘मृत्युमार्ग’को रुपमा परिचित सिद्धबाबामा यति छिटै सुरुङ मार्ग वनि हाल्छ भन्ने धेरैलाई लागेकै थिएन । जव अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाउन आदेश दियो त्यसपछि एकाएक तरंग सृजना भयो ।
अर्थको यो आदेश पछि अब ग्लोबल टेण्डरमा जाने बाटो खुलेको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा र रुपन्देहीवासीलाई यस कुराले जति खुशी वनाएको छ त्यो भन्दा वढी खुशी नेकपाका महासचिव एवं रुपन्देहीका सांसद विष्णु पौडेललाई वनाएको छ । पौडेल अर्थमन्त्री हुँदानै यो परियोजना अघि वढेको थियो । नागढुंगा–सिस्नेखोला सुरुङ वन्नका लागि दश वर्ष लाग्यो भने सिद्ववावा सुरुङ वन्न पाँच वर्षमै वन्दैछ । निश्चयनै यो अवस्था त्यत्तिकै आएको हैन ।  
काठमाण्डौ पछि वन्न लागेको यो सुरुङ मार्गले नेपाल सुरुङ युगमा प्रवेश गरेको अनुमान पनि लगाउन थालिएको छ । यो सडकले वार्षिक पचास जनाको हाराहारीमा ज्यान लिएको छ ।  
०७६ साउनको दोश्रो तेश्रो हप्तामा हामी चिनको कान्नान् प्रदेशको यात्रामा थियौं । पहाडी क्षेत्र भएकोले डाँडा काँडा प्रसस्तै थिए । जहाँ गयो उहीँ पहाड छिचलेर फुत्त फुत्त गाडी सुइकाउँदै गरेको देख्दा नेपालमा पनि यस्तै भए कस्तो हुँदो हो भन्ने लाग्दथ्यो । सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले जव पहाड आउँथे कलम निकालेर गन्नुहुन्थ्यो र भन्नुहुन्थ्यो—ओ हो हाम्रो देशमा कहिले होला यस्तो ? 
करिव ८० प्रतिशत भूभाग पहाड र हिमालले ढाकेको भए पनि नेपालले अहिलेसम्म सुरुङमार्गको अनुभव गर्न सकेको छैन । विदेश जाने नेपालीको संख्या अहिले थुप्रै छ । त्यस अर्थमा यस्ता सडकको औचित्य वुझाउन कसैलाई जरुरी पनि छैन । जो गएका छैनन् उनीहरुले पनि टेलिभिजनको पर्दामा देख्न पाएका छन् ।
धेरै नेपालीको जिज्ञासा वरु नेपालमा सुरुङमार्ग किन वन्दैनन् भन्ने छ । सुरुङमार्ग  निर्माण गरेर पहाड छिचोल्ने प्रविधि नेपालमा किन ल्याइदैन भन्ने हो । यस्तै जिज्ञासावीच नागढुङ्गा–नौबिसे सुरुङमार्गको उद्घाटन भएको छ । ६ दशकभन्दा लामो सडक वनाउने प्रक्रियाका वीच पहिलो परियोजनाको रुपमा यो सुरुङ बनाउन लागिएको हो । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण परियोजना नेपालको पूर्वाधारका क्षेत्रमा एउटा नयाँ फड्को हो भनेर भन्नका लागि अव कुनै कन्जुस्याई गर्नुपर्दैन ।
यो सडकको माध्यमवाट नेपाली प्राविधिकले नयाँ प्रविधिमा दक्षता हासिल गर्नेछन् । अर्थात् ज्ञानको हस्तान्तरण हुनेछ । कुरा यति मात्र हैन इन्धनमा भएको अहिलेको खर्चमा ५० प्रतिशत कम हुँदा पनि त्यसले ब्यापार घाटा कम गर्न सहयोग पुग्नेछ । यी उपलब्धीहरुलाई सामान्यीकरण गर्न पटक्कै मिल्दैन । 
सुरुङमार्ग नेपालका लागि किन पनि आवश्यक छ भने पछिल्लोपटक पहाडी क्षेत्रमा डाँडा काट्नका लागि  डोजरको अधिक प्रयोग हुनुले भूक्षयको संकट थपिदै गएको छ । भूक्षयले पानीका मूल सुक्ने र खेतिपातिको लागि  प्रतिकुलता थप्दै गएको छ । त्यस अर्थमा यो विकल्प नेपालको भूवनौट अनुकुल पनि छ ।
 नेपालले हालै चीनसँग गरेको सहमति अनुरुप टोखा–छहरे र बेत्रावती स्यापु्रmबेसी खण्डको सुरुङ मार्गलगायत दर्जन यस्ता योजनामा सडक विभागले तयारी थालेको छ । यसले नेपाललाई जवर्जस्त सुरुङ युगमा प्रवेश गराएको छ । अव हाम्रो मुलुक पनि छोंटा र किफायति सडक वनाउनेतर्फ केन्द्रीत हुन लागेको संकेत मिलेको छ । यो आफैमा सकारात्मक संकेत हो ।
त्यसोत नेपालमा किन घुमाउरा सडक वने भनेर अनुसन्धान भएको मलाई थाहा छैन । सोझो कुरा पहाडी क्षेत्र भएर हो भन्न सकिन्छ तर, यति मात्र कारण अवश्यै हैन । एकजना अध्येताले सिद्वार्थ राजमार्गको प्रसंगमा मलाई भनेका थिए—यो सडक यति विधि घुमाउरो हुनु भारतीय स्वार्थका कारण हो । अर्थात् तत्कालका लागि गाडी वेच्ने मात्र उद्वेश्य नभएर दीर्घकालसम्म इन्धन र मोटरपार्टस वेच्ने योजनाअनुरुप यो सडक वनाइएको हो ।
यस्तो कसरी भए होला ?  
गुल्मीका अध्येता टिकाराम ढकालका अनुसार २०१२ सालमा गुल्मीको धुर्कोटस्थित गोपाल श्रेष्ठको घरमा वसेर दुइवटा निर्णय गरिएका थिए । पहिलो सिद्वार्थ राजमार्गको रुपरेखा र दोश्रो गुल्मीको सदरमुकाम वनाउने कुरा । गुल्मी अर्घाखाँची एउटै हुँदा जलुके जुकेनादेखि जलजलासम्म नाप्दा वीचमा तम्घास पर्यो । उता बाराकोट—वरहलवा देखि सौतामारे      (प्यूठान, अर्घाखाँची र गुल्मी तीनै जिल्लासंग जोडिएको हाल मालारानीमा पर्छ) को वीच पनि तम्घासनै पर्यो । त्यसपछि तम्घासलाई सदरमुकाम वनाउने घोषणा गरियो । 
यसपछि सडकको कल्पना गरियो । जसअनुसार भारतको वृजमानगञ्ज (आनन्दनगर देखि पश्चिम) हुँदै नेपालको लुम्विनीवाट शुरु भई खडवा वनगाई—सालझण्डी—सुंगुरेढुङ्गा—खज्र्याङ्ग—वीरवास—वामी हुँदै वाग्लुङ्गसम्म पुर्याउने योजना वन्यो । 
२०१२ सालमा कल्पना गरेको उत्तर दक्षिणको यो सडक त्यतिवेलै वनाउन सकेको भए चिनतर्फको नाका उहिल्यै खुल्ने थियो । तर, त्यस्तो भएन । 
पछि २०२१ सालमा राजा महेन्द्रले गोरखपुर—लुम्विनी—सैनामैना—रिव्दीकोट—रिडी—रुद्रवेनी—पूर्तिघाट—वाग्लुङ्ग—वेनी—जोमसोङ्ग—लोमाथाङ्ग र कोरलासम्मको परिकल्पना गरे । अन्ततः दुइवटै योजना साकार हुन सकेनन् र भारतले.२०२८ सालमा सिद्वार्थ राजमार्ग वनायो । 
सिद्वार्थ नामाकरण हुनु भनेको लुम्विनीलाई केन्द्र वनाउनु पर्ने थियो । तर, भारतले त्यो पनि गरेन । वरु उसले सुनौलीवाट शुरु गरेर मणिग्राम—बुटवल—तानसेन—पोखरातिर सोझायो । चिनतिरको पहुँच नवनोस् भनेर भारतले पाल्पावाट पोखरातिर  सोझाएको विष्लेषण ढकालको छ । त्यतिवेला कोराला नाका खुलेको भए त्यही वाटो मानसरोवर पुगिने हुन्थ्यो । 
भनिन्छ १३ औ. शताब्दीमा शंकराचार्य यही वाटो भएर मानसरोवर पुगेका थिए । उत्तर दक्षिणको यो मार्ग त्यतिवेलै खुलेको भए अहिले नयाँ मार्गको खोजी गर्नुपर्ने थिएन । वरु अहिलेसम्म धेरै तरक्की भइसक्ने थियो । यस आधारमा हामीले ०२८ सालमा गर्नुपर्ने काम वल्ल गर्दैछौं ।
प्रसंग लुम्विनीको ः
कुनैवेला बुटवलको सिद्वबाबामा सुरुङमार्ग वनाउने कुरा गर्दा धेरैलाई अपत्यारिलो लागेको थियो । पहिलोपटक शायद सुरक्षित यात्रा नामक सस्थाले यसवारेमा छलफल गरेको थियो । त्यतिवेला पनि धेरैलाई पत्यार लाागेको थिएन । तर, एकजना ब्यक्ति निरन्तर लाग्दा नहुने काम पनि हुन्छ भन्ने कुराको उदाहरण यसलाई मान्न सकिन्छ ।
सिद्वबाबामा हुने दुर्घटनाले पनि यो विषयलाई चर्चामा ल्याइरह्यो । मिडियाले निरन्तर फलोअप मात्र गरेनन्, नेताहरुको आश्वासनप्रति पनि कटाक्ष गरे । यो कटाक्षले यस क्षेत्रका नप्रतिनिधि, स्थापित नेता विष्णु पौडेललाई शायद अलि वढी छोएको हुनुपर्छ । 
शक्तिमा जो छ उसैलाई छुनु स्वभाविक हो । यो आवाज जुनदिनदेखि उठ्न थाल्यो त्यसै दिनदेखि पौडेलका लागि यो चुनावी मुद्वा वन्यो । हरेक वर्ष यो मुद्वालाई लिएर जति वढी चर्चा भयो त्यतिनै उहाँको आलोचना हुँदै गयो । तर, आलोचनाले पौडेललाई निरास वनाएन वरु उर्जा प्रदान गर्यो । यसभित्रको मनोविज्ञान शायद इष्र्यामा परिणत भयो । ढिलो वा चाँडो काम गर्नुपर्छ भन्ने भावना अन्तस्करणवाटै पैदा गरायो । मदन भण्डारीको भाषामा राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन भनेजस्तै केही वर्ष यता धेरै कार्यकर्तालाई उहाँले दिने एउटा उपदेश छ— तँपाई नथाक्नु होला । साँच्चिनै पौडेललाई थकाई लागेन ।
लुम्विनी वौद्य विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले मलाई एक पटक भन्नुभएको थियो—क. विष्णु पौडेलले मलाई दुइवटा काम गर्न निर्देश गर्नुभएकोछ । ती हुन्—देवदहमा एक शय विगाहा जग्गाको ब्यवस्थापन गर्ने र विश्वविद्यालयलाई वहु विषयमा लैजाने । यी काम गर्दै जाँदा कँही अफ्टेरो परे आफूलाई भन्न र त्यो भन्दा पनि महत्वपूर्ण कुरा तँपाई नथाक्नु होला है भन्नुभएको छ । 
यो शब्द किन प्रयोग भए होला ? मेरो विचारमा यहाँ काम गर्न असाध्यै दुःख छ । कर्मचारीले हुनेलाई नहुने र नहुनेलाई हुने वनाउन सक्छन् । कुनै मन्त्रीले कडा ढंगले आदेश दिएमा काम हुन सक्छ अन्यथा हुनेलाई नहुने वनाउन वेर लाग्दैन । त्यसैले निरन्तर लाग्ने र मौकामा चौका हान्नेनै अहिलेसम्मको प्रवृत्ति हो । यो प्रवृत्ति नवुझ्नेहरु थाक्न सक्छन् भन्ने वुझेकै कारण उहाँले धेरैलाई यसो भन्ने गरेको हुनुपर्छ ।
यस्तै नथाक्नुहोला भनेर उहाँले बुटवलकै अर्को एक कार्यक्रममा पनि भन्नुभएको थियो । त्यो के कार्यक्रम थियो भन्ने कुरा अहिले मैले विर्सेको छु । 
 विष्णु पौडेलले अरुलाई मात्र हैन आफूलाई पनि नथाक्नका लागि प्रेरित गरि रहनुहुन्छ शायद । जसको परिणाम हरेक वर्ष सुरुङ मार्गको मुद्वालाई उहाँले उठाउन छाड्नुभएन । यसलाई कसैले सस्तो लोकप्रियताको रुपमा वुझे । कसैले पटक पटक प्रतिवद्वता जनाएको रुपमा । जे भएपनि यो सुरुङ मार्गको  टेण्डर यसै वर्ष हुने भएको छ । 
नेपाल सुरुङ मार्गमा प्रवेश गरिरहँदा ५ नं. प्रदेशले पनि प्रवेश पाएको छ । यो चानेचुने कुरा हैन । इतिहासमा लेखिने कुरा हो । लुम्विनीवासीका लागि यो अझ धेरै खुशीकै कुरा हो । कुरा यति मात्र हैन अरु धेरै यस्ता समाचार वन्नेवाला छन् । अनौपचारिक रुपमा भन्दा पौडेलले कालीगण्डकी करिडोरलाई ५० कि.मि छोटो वनाउनका लागि अरु पनि सुरुङ मार्गको कल्पना गर्नु भएको संकेत दिनु भएकोछ ।
केही दिन अगाडि बुटवलमा पत्रकारहरुसंगको अनौपचारिक भेटमा पाल्पा प्रवासवाट सुरुङ खनेर रानीघाट पुर्याउने र रानीघाटदेखि स्यांजाको चण्डीभञ्ज्याङ्गको डाँडो छेंडेर गुल्मीको हर्मिचौरसम्म पुर्याउने योजना सुन्दा धेरैलाई हवाई कल्पनाजस्तो लाग्यो । पौडेलले कालीगण्डकी डाइभर्सन भन्दा पनि यस्तै लागेको थियो । तर, आज त्यसले एउटा आकार लिएको छ ।
यस मानेमा अर्को सुरुङ मार्गले पनि आकार लिँदैन भन्न सकिदैन । राजनीतिमा इच्छा शक्ति ठूलो कुरा रहेछ । त्यो भयो भने धेरै काम हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन । यो मार्ग वन्दा चिनसम्मको सिधा पहुँच हुनेछ र नेपाल तथा भारतकै लागि आवागमनको सहज ब्यवस्था हुनेछ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top