महिला मञ्चले गर्यो लैङ्गिकमैत्री विषयक अन्तरक्रिया 

समाज मंसिर २२ २०७६ ekhabarnepal
3

बुटवल, मंसीर २२
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको सन्दर्भमा महिला मञ्च नेपाल रुपन्देहीले आइतवार बुटवल—१३ वेलवासमा आयोजना गरेको एक लैङ्गिकमैत्री विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरलाई  लैङ्गिक रुपमा हिंसारहित वनाउने तयारी भइरहेको वताउनुभयो ।
हरेक ठाउँमा महिलामाथि हिंसा हुनु दुर्भाग्यपूर्ण रहेकोे विचार ब्यक्त गर्दै यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने विश्वास ब्यक्त गर्नुभयो ।
मञ्चकी अध्यक्ष मधुकला कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार इन्दिरा अर्यालले अवधारणापत्र प्रस्तुत गर्दै सस्कार, सस्कृति र ब्यवहारमासमेत समता नभएसम्म कुनै प्रकारको सुधार नहुने भएकाले त्यसतर्फ ध्यान जान आवश्यक छ भन्नुभयो ।
अपवादमा हुने घटनालाई जोडेर दुवैतर्फ हिंसा भएको तर्क गरिनु न्यायसंगत हुँदैन, अर्यालले भन्नुभयो ।
सो अवसरमा बुटवल उपमहानगरपालिका—१२ का अध्यक्ष दुर्गा सुवेदीले यस्ता कार्यक्रमहरु टोलटोलमा गर्नुपर्ने सुझाव दिनुभयो ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले विगतमा जस्तो महिलमाथि हिंसा नभएको तर्क प्रस्तुत गर्दै महिलावाट पुरुषहरुसमेत पीडित हुन थालेकाले त्यसतर्फ पनि ध्यान जान आवश्यक रहेको दावी गर्नुभयो । 
मञ्चका सल्लाहकार कृष्णवहादुर कुँवरले हरेक कुरा मुलुकको अवस्था सुहाउँदो हुने भएकोले त्यसको पनि हेक्का हुन जरुरी छ भन्नुभयो । उक्त अवसरमा एक दर्जन सहभागीले छलफलमा भाग लिएका थिए भने लक्ष्मी घिमिरे, सावित्रा रेग्मीलगायतले धारणा ब्यक्त गर्नुभएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top