भौतिक पूर्वाधारसंगै आर्थिक उन्नतीका मुद्दालाई अगाडी सार्नु आवश्यक

समाज मंसिर २२ २०७६ ekhabarnepal
2


सैनामैना २१ मंसिर 

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रुपन्देहीमा छोटो समयमा भएको उच्च विकास देशकै लागि पनि नमुना बनेको वताउनु भएको छ । उहाले  रुपन्देही जिल्ला कञ्चन गाउँपालिका साविक रुद्रपुर र गजेडीको वीचमा पर्ने भैरमघाटमा निर्माण भएको पक्की पुलको शनिवार उदघाटन गर्दै यस्तो वताउनु भएको हो । 
मन्त्री नेम्वाङले रुपन्देही, कपिलबस्तु र नवलपरासीमा गरी करिब ७०/८० वटा पुलहरुको उदघाटनको पर्खाईमा रहेको  समेत बताउनु भयो ।

   वि.सं. २०७२ पुस ९ गते रुपन्देही क्षेत्र नं. ५ का सांसद भरतकुमार शाहले पुल शिलान्यास गर्नुभएको थियो । पुल उदघाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले आफू मन्त्री बनेर पुलको उदघाटन गर्ने पहिलो अवसर पाएकोमा रुपन्देहीका जनतालाई धन्यवाद दिनुभयो ।

 
उहाले अगाडी भन्नु भयो — अव भौतिक पूर्वाधारको बिकाससंगै हरेक नेपाली नागरिकको आर्थिक उन्नतीका मुद्दालाई समेत अगाडी सार्नुपर्ने आवश्यक रहेको छ ।  उहाँले स्थानिय जनप्रतिनीधिहरुमार्फत स्थानिय, प्रदेश र केन्द्र सरकारमा बिकासको अपेक्षा सहित बिकास योजनाहरुको मागप्रति आफू सचेत हुने र ती योजनाहरुलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुने बताउनु भयो ।

 उहाँले अव राजनैतिक मुद्दा भन्दा पनि बिकासका मुद्दालाई अगाडी सार्न सके समृद्ध देश हुने बताउदै अवको मुद्दा बैचारिकमा होइन समृद्ध देश निर्माणका लागि बिकासका मुद्दाहरुलाई अगाडी सार्नुपर्ने बताउनु भएको छ ।
यसैगरी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराइले गैडहवाताल र दानापुर ताललाई लुम्बिनी संग जोडेर सडकको स्तर बृद्धि गर्न सके गैडहवा, कञ्चन र सैनामैनाको बिकास तिब्र गतिमा हुने बताउनु भयो । 

  उहाँले लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा र दानापुर तालमा आउने बाताबरण सृजना गर्नको लागि स्थानिय स्तरबाटै सकारात्मक पहल गर्नुपर्ने र त्यसको लागि आफुले जनतासंगै हातेमालो गरेर अगाडी बढ्ने बताउनु भएको छ । 
यसैगरी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले कञ्चन, गैडहवा र सैनामैनाको धार्मिक तथा पर्यटकीय स्थलहरुको सम्बद्र्धन गर्न ती स्थानहरुलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

   बि.सं. २०७२ पुस ९ गते प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले शिलान्यास गरेको सो पुलको ५ बर्षमा निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर मेघराज मरासिनीले जानकारी दिनु भयो ।६ करोड २० लाख २५ हजार ४ सय ८१ रुपैयाकाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । 


भैरमघाटमा पक्की पुल निर्माण सम्पन्न भएसंगै कञ्चन गाउपालिकाका वार्ड नं. ३, ४ र ५ का स्थानिय तथा गैडहवा र लुम्बिनीका स्थानिय यात्रुहरुलाई बुटवल आउन जान सहज हुने भएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top