होटल ब्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिने

समाज मंसिर १८ २०७६ ekhabarnepal
2 megha college

वेष्ट्रन मेघा कलेजमा नया विद्यार्थीलाई स्वागत 
 बुटवल मंसिर १८
 आरम्भ कलेज अफ हस्पिटालिटीले संचालन गरेको वेष्ट्रन मेघा कलेजमा नवागन्तुक विद्यार्थीहरुलाई तेश्रो सेमेस्टरका विद्यार्थीहरुले स्वागत गरेका छन् । होटल ब्यवस्थापनको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले सो कार्यक्रमको आयोजना गरेका हुन् । 
 बुधबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै आरम्भका गु्रपका कार्यवाहक अध्यक्ष डी.आर. घिमिरेले विद्यार्थीहरु यस कलेजका गहना भएकोले उनीहरुलाई प्रतिस्पर्धात्मक ढंगले अघि वढाइने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।  


होटल ब्यवस्थापनमा यो कलेज काठमाण्डौ बाहिरको सबैभन्दा वढी सुविधासम्पन्न भएकोले यसबाट विद्यार्थीले पर्याप्त फाईदा लिन सक्नुका साथै नेपालको सन्दर्भमा यो क्षेत्रमानै भविश्यमा सवैभन्दा वढी पर्यटक आउने भएकोले सो का लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने कामलाई प्राथमिकताकासाथ अघि वढाइएको छ, घिमिरेले भन्नुभयो । 
उहाँले कहिलै म्याद नसकिने पर्यटन ब्यवसायको माग दिनप्रतिदिन वढ्ने भएकोले अध्ययनको क्रममा लगनशिल भएर अनुशासनको पालना गर्न विद्यार्थीलाई अपिल गर्नुभयो ।
कलेजका अध्यक्ष मेघराज पन्तले आगामी दिनमा कलेजलाई सुविधा सम्पन्न वनाइने विश्वास ब्यक्त गर्नुभयो । प्राचार्य श्रीप्रसाद भट्टराईले अनुशासित र दक्ष जनशक्ति वनाउनका लागि कुनै कसर वाँकी नराख्नुका साथै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी वनाइने दृढता ब्यक्त गर्नुभयो । 
स्वादिष्ट नेपाली खाना ः 


सो अवसरमा विद्यार्थीहरुले सुद्व नेपाली परिकारको खाना वनाएर खुवाएका थिए । जोगी भात, सेल रोटी, क्वाटीको दाल, गुन्द्रुकको हिमालयन सुप, कुर्कुरे, आलु र भिण्डी, कुखुराको भुटेको मासु, तारेको माछा, नेपाली अचार, मही र सेतो मासको जेलेवी सहितको स्वादिष्ट खाना विद्यार्थीहरुले तयार गरेका थिए । 
उक्त कार्यक्रममा संचालकहरु गोपाल पाण्डे, उमलाल वंजाडे, विष्णु केसी, अकन वहादुर थापाको उपस्थिति थियो । सो अबसरमा विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने सामग्रीको प्रदर्शनी गरेका थिए भने विद्यार्थीहरुले भेषभुषा र नृत्य समेत प्रस्तुत गरेका थिए । तेश्रो सेमेष्टरका बिद्यार्थी रुपेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यार्थीहरु केशवराज भण्डारी र निकिता गुरुङले गरेका थिए ।
मलेसियाको लिङकन युनिभर्सिटीको समकक्षता रहेको कलेजमा २ सय ३४ जना विद्यार्थी अध्ययनरत छन । कलेजले आधुनिक र सुविधासम्पन्न भवन वनाइरहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top