कपिलवस्तुको शिवराजमा राजपाकी मन्जु विजयी

राजनीति मंसिर १५ २०७६ ekhabarnepal
12

बुटवल,मंसिर १५

कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्राले विजयी भएकी छन् । उनले प्रतिष्पर्धीको भन्दा दोब्बर मत समेत ल्याइन ।

निर्वाचन कार्यालयका अनुसार कूल खसेको १ हजार ७ सय २२ मतमध्ये मिश्राले मत ८ सय ६८ मत ल्याइन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देब भारतीले ४ सय ६५ मत मात्र ल्याउन सके ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले  १ सय ४७,  समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५,  जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११,  मत प्राप्त गरे । 

२१ मत बदर भएको थियो । स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष  शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो ।

वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिष्प्रर्धा रहेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top