सुन्दरबजारमा नेकपाका उमेदवार विजयी

राजनीति मंसिर १४ २०७६ ekhabarnepal
Download

काठमाडाैं,मंसिर १४ । लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।  सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको  छ ।
यससँगै नेकपाले अहिलेसम्म निर्वाचन भएका ४३ वडामध्ये ४ स्थान जितेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top