सन्धिखर्क बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

समाज मंसिर १२ २०७६ ekhabarnepal
2

बुटवल,मंसिर १२
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ।

मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतहरुको बुटवल, भैरहवा, ललितपुरमा उपचार भइरहेको छ।

 

प्राप्त प्रतिकृयाहरू

To Top