क्यान्सर विरुद्ध जुटे नेपाली युवा

समाज मंसिर ६ २०७६ ekhabarnepal
Received 2567744276675859

बुटवल, ६ मंसिर | दारी ग्याङ र क्यान्सर बिरुद्ध नेपाली युवा द्वारा नेपालभर संयुक्त रुपमा आयोजना भैरहेको अबुर्द (क्यान्सर) सम्बन्धि जनचेतना आज मणिग्राममा सम्पन्न भएको छ ।

दारी ग्याङ बुटवलको आयोजनामा श्री शान्ति नमुना मा.वि. , मणीग्रामका कक्षा ११ र १२ मा अध्ययनरत करिब ७० जना बिद्यार्थीहरु माझ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संचालनको असल सुबेदिले गर्नु भएको थियो भने कार्यक्रममा क्यान्सरको बिषयमा डा. योगेश पाण्डे बाट आफ्नो भनाई र क्यान्सरबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिनु भएको थियो।

कार्यक्रम सफल गराउन सहभागि सम्पुर्ण बिद्यार्थी , विद्यालयका शिक्षक शिक्षिकाहरु, एन.वाई.ए.सि. र दारी ग्याङका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top