सुरुङ भित्र फसेका चार जना कामदार मध्ये तीन मृत फेला

समाज कार्तिक १८ २०७६ ekhabarnepal
Hydro tunnel 001

 बझाङ, कात्तिक १८ गते । 
बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने  सुरुङ भित्र फसेका छन् चार जना कामदार मध्ये तीन जना मृत फेला परेका छन् । 

आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरू सुरुङ भित्र हराए पछि खाेजीका लागि काठमाडाैबाट हेलिकाेप्टर टाेली खाेजीका लागि पुगेका थियाे । तिहार लगायतका चाडका बेला काम बन्द रहेकाे साे सुरूडमा काम शुरू गर्ने तयारीका लागि भित्र गएका बेला अक्सिजन नभए पछि उहाँहरू बेहोस भएको डिएसपी गणेशबहादुर बमले बताउनुभयो ।

उहाँहरू सँगै गएका दुई जना कामदार भने फर्कन सफल भएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top