कृष्णनगरमा गोली लागि मृत्यु हुने भारतीय नागरिक,बजार बिहानैदेखि तनावग्रस्त

समाज कार्तिक १४ २०७६ ekhabarnepal
Death kapilvastu

जीतपुर, कात्तिक १४ गते ।  

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो ।    
 कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।    

यसैवीच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको कृष्णनगर क्षेत्रमा आज बिहानदेखि कर्फ्यु लगाएको छ।

कृष्णनगर नगरपालिकाको बजारक्षेत्रमा लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर तनाव भएपछि प्रशासनले बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै कर्फ्यु लगाएको हो ।

१३ कात्तिक साँझ स्थानीयबीच विवाद बढेपछि प्रहरीले लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेको थियो। कृष्णनगर बजार आज बिहानैदेखि तनावग्रस्त भएको छ।

विवादको क्रममा प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको स्थानीय पत्रकार गोपाल भण्डारीले जनाएका छन्। 

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सूचना जारी गरी कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० र पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र आज कर्फ्यु आदेश जारी गरिएको जनाएका हुन् । 

साथै कर्फ्यु अवज्ञा गरिएको पाइएमा कानून बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top