प्रमको डाइलासिस सम्पन्न, आजै डिस्चार्ज हुने

समाज कार्तिक १४ २०७६ ekhabarnepal

काठमडौं, कात्तिक १४ गते । काठमाडौंका ग्रयाण्डी असप्तालमा उपचार गराइ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विहीबार साँझसम्ममा डिस्चार्ज हुनु हुने भएको छ ।
प्रधानमन्त्री ओालीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो अस्पताल पुग्नु भएको थियो । भेट पछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको डाइलासिस प्रक्रिया पूरा भएको र उहाँ केही बेर आराम गरी आजै डिस्चार्ज हुने बताउनुभयो ।
उहाँले चिकित्सकले प्रधानमन्त्रीको अबस्था सामान्य रहेको बताएको उल्लेख गर्दै अब मृर्गौलाको प्रत्यरोपण गर्ने वा के गर्ने भन्ने विषयमा चिकित्सकसँग सल्लाह गरेर निश्कर्षमा पुग्ने बताउनुभयो ।

 नेकपा अध्यक्ष पुष्पकमल दाहालले ग्रान्डी इन्टरनेशनल अस्पताल धापासीमा उपचाररत प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

भेटपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। “उहाँको स्वास्थ्य अवस्था सामान्य छ, भर्खरै डाइलासिस भएको छ, एकैछिन आराम गरेपछि आजै बालुवाटार जानुहुन्छ,” उनले भने।

प्राप्त प्रतिकृयाहरू

To Top