पूर्वसभामुख महराबिरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता

राजनीति कार्तिक १४ २०७६ ekhabarnepal
Mahara 5

काठमाडौँ,कार्तिक १४
 काठमाडौँ सरकारी वकिल कार्यालयले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा अभियोग पत्र दर्ता गरेको छ।

महरालाई केहीबेर अघि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। काठमाडौँ प्रहरी परिसरले तिहारअघि नै महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

अनुसन्धान प्रतिवेदनको अध्ययनपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरी अदालतमा दर्ता गरेको हो। प्रहरीले असोज १९ गते महरालाई पक्राउ गरेको थियो।

संसद सचिवालयमा काम गर्ने एक कर्मचारीले महरामाथी जबर्जस्ती करणी प्रयासको आरोप लगाएपछि उनले पदबाट राजिनामा दिएका थिए। त्यसको केही दिनपछि प्रहरीले महरालाई सरकारी निवासबाटै पक्राउ गरेको थियो।

अब अदालतले महरासँग बयान लिने छ। त्यसपछि थुनछेक बहस सुरु हुने छ। थुनछेकको आदेशले महरा पुर्पक्षका लागि थुनामा जान सक्ने, धरौटीमा रिहा हुन सक्ने र साधारण तारेखमा छाड्न सक्नेमध्ये एक फैसला गर्ने छ।

प्राप्त प्रतिकृयाहरू

To Top