प्रहरीले महरा प्रकरणको अनुसन्धान प्रतिवेदन बुझायो

राजनीति कार्तिक ८ २०७६ ekhabarnepal
Mahara123456

काठमाडौं, कात्तिक ८ गते । पूर्व सभामुख कृष्णबहादुर महराबाट संसद सचिवालयकी एक महिला माथि दुव्र्यबहार भएको भन्ने आरोपका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
प्रहरीले आफ्नो प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाएको महानगरीय अपराध अनुसन्धान महासशाका डीएपी हमिन्द्र बोगटीले बताउनुभयो ।
त्यस्तै महराको डीएनए परीक्षण लगायतका विषयमा भने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, अदालतबाट भएका आदेश कार्यान्वयनको क्रममा छन् ।
उहाँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा अध्ययनका क्रममा रहेकाले त्यसमा भएका कुरा सार्वजनिक गर्न नसकिने बताउनुभयो ।
विहीबार प्रहरीले तेस्रो पटक काठमाडौं जिल्ला अदालत समक्ष महरालाई थुनामा राखी अनुसन्धान गर्न समय थप गर्न र डीएनए टेस्ट गर्न आदेशको माग गरेको थियो । साथै अदालतले थप सात दिन थुनमा राख्न दिनुका साथै डीएनए टेस्ट गर्न दिन आदेश गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top