संघीय सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी

राजनीति असोज २९ २०७६ ekhabarnepal
Parbata gurung 20191016130049

काठमाडौं,असोज २९  : 
संघीय संसद्‍मा दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।

दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले सांसद गुरुङका नाममा जारी भएको पक्राउ पुर्जी गाउँपालिकाको छाप लगाएर ८ असोजमा बुझेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनजित तामाङले नेपाललाई बताएका छन् । निरीक्षक तामाङले भने, "माननीयज्यूले भन्नुभयो- मलाई थाहा छ, यो ३५ दिने पुर्जी हो । गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्कालाई बुझाउनुहोस् । त्यसपछि अध्यक्ष खड्कालाई बुझाएको हुँ ।"

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । १२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो ।
 यसपछि जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीलाई अदालतको पत्र पठायो । जिप्रकाले पठाएको पत्रपछि ८ असोजमा सांसद गुरुङलाई म्याद तामेल गरिएको हो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top