बुबाको चौरासी पूजामा छोराको लडेर मृत्यु

समाज असोज २८ २०७६ ekhabarnepal

अर्घाखाँची,असोज २८
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ बामरुक भालुपोखरा निवासी एक युबकको लडेर मृत्यु भएको छ।
आफ्नो बुबाको चौरासी पूजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गइ नाँच्ने क्रममा सोही ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते निजको जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानीय दल बहादुर भट्टराईले जानाकारी दिनु भएको छ।
आफ्ना इस्टमित्र निम्तालु जम्मा भै रहेको अबस्थामा भएको अकल्पनीय निधनको घटनाले सम्पूर्णलाई स्तब्ध र मर्माहत हुन पुगेको भट्टराईको भनाई छ।
बुबाको चौरासी गर्नको निम्ति भारतबाट दशै अघि घर आएका उहाँ उपबास बसेको अबस्थामा उहाँ एक्कासि फेन्ट भएको र अग्लो ढिकबाट लडदा टाउको नै भाँच्चिएको कारण निजको मृत्यु भएको अनुमान डाक्टरको रहेको छ।
 कला संस्कृतिप्रति रुचि राख्ने उहाँले हालै विभिन्न स्थानमा भएका सराएँ नाँचका भिडियोहरु आफ्नो फेसबुकमा लोड गर्नु भएको थियो।
पूजाको मण्डलमा बसेकै अबस्थामा जुरुक्क उठेर गएको छोराको केही मिनेट भित्रको निधन सम्झदै बुबाले रुँदै बरु म जाने बेला हो आज यस्तो कल्कलाउँदो उमेरको छोरालाई बिदा गर्नुपर्‍यो भक्कानिंदै आफ्नो पीडा पोख्नु भयो।
पुजाको रमाइलो माहोलमा जमघट र खुशियाली माहोल एक्कासी रुवाबासीमा परिणत हुँदा बामरुक क्षेत्र नै कोलाहल मच्चिएको थियो भने सो क्षेत्र नै शोकमग्न भएको थियो।
आमा ,दाइ , भाउजू सबै गुमाएका उहाँ सबैको आँखाको नानी हुनुहुन्थ्यो वडा अध्यक्ष खडक प्रसाद भुसालले बताउनु भयो।
घटनाको जानाकारी पाउना साथ सगरमाथा ट्राबल्स र सुपा देउराली ट्राबल्स बाट प्रतिनिधि आएर पिडित परिबारलाई सान्त्वना सहित १ लाख ६०हजार रुपैया दिने घोषणा गर्नु भएको थियो।
उहाँको अकल्पनीय निधनप्रति भारत स्थित विभिन्न संघ संस्था हरुले समबेदना तथा श्रद्धाञ्जली ब्यक्त गरेका छन।
भारतको हरियाणा करनालमा रहनु भएका उहाँका सहकर्मी निर्मल भुसालका अनुसार दर्जनौं संघ संस्थामा आबद्ध उहाँको निधनले प्रबासी नेपाली हरुले आफ्नो एक अभिभाबक गुमाएर टुहुरो भएको महसुस गरिएको बताउनु भएको छ।
उहाँको आज अबेर नै स्थानिय बामरुक घाटमा अन्तिम दाहसंस्कार गरिएको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top