नेपाल-चीनबीच हुनेछन् यी सम्झौता

राजनीति असोज २६ २०७६ ekhabarnepal
Oli and xi

काठमाडौं, असोज २६

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच आइतबार बिहान हुने दुई देशीय उच्चस्तरीय वार्तामा नेपालले एक चीन नीतिमा प्रतिबद्धता दोहो¥याउनेछ।

यस्तै वार्तामा केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीका विषयमा थप छलफल हुनेछ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका विषयमा नेपालले कुरा राख्नेछ। 

परराष्ट्र स्राेतका अनुसार उच्चस्तरीय वार्तापछि केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति तथा टोखादेखि नुवाकोटको छहरेसम्म र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेँसीमा सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

यस्तै काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र आदनप्रदान हुनेछ ।

चीनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बनाइदिनेसम्बन्धी सहमतिपत्र आदनप्रदान हुनेछ। कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएकाे  छ ।

गल्छी-केरुङ जलविद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीको तयारी छ । त्यसपछि  नेपाल र चीनले संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेकाे परराष्ट्र स्राेतले जनाएकाे छ। 

प्राप्त प्रतिकृयाहरू

To Top