सडक किनारमा सुतिरहेका श्रद्धालुमाथि बस कुद्यो, सातजनाको घटनास्थलमै मृत्यु

विश्व असोज २४ २०७६ ekhabarnepal

भारत उत्तर प्रदेशको बुलन्दशहरमा सडक किनारमा सुतिरहेका श्रद्धालुहरुमाथि बस कुदाइएपछि ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । नरौरा गंगाघाट नजिक भएको यो दर्दनाक घटनामा ज्यान गुमाउने चार महिला र तीन बालबालिका छन् ।

प्राप्त जानकारी अनुसार सबै श्रद्धालु वैष्णो देवीको दर्शनपछि गंगा स्नानका लागि हाथरसबाट नरौराघाट नजिकै सडक किनारमा सुतिरहेका थिए । सुतिरहेका उनीहरुमाथि बस कुदेको थियो ।

घटनालगत्तै बस छोडेर चालक फरार भएका छन् । उनको खोजीका लागि ठूलो संख्यामा प्रहरी खटिएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top