राष्ट्रपति सीको सुरक्षा तयारी, एयर चाइनाको  भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट काठमाडाैंमा

राजनीति असोज १५ २०७६ ekhabarnepal
Airchina

काठमाडौँ, असोज १५ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणका लागि सरकारले उच्चस्तरीय सुरक्षाव्यवस्था मिलाएको छ ।
राष्ट्रपति सीको औपचारिक भ्रमणको मुख्य सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको भित्री सुरक्षाव्यवस्था सेनाले लिएको छ ।
राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमणको औपचारिक मिति नतोके पनि काठमाडौंँ उपत्यकामा उच्चस्तरीय सुरक्षा सतकर्ता अपनाइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो ।
राज्यका चारवटै सुरक्षा निकायले राष्ट्रपति सीको भ्रमण सम्पन्न नभएसम्मका लागि दशै तथा घर विदा लिन रोक लगाएको छ । ठूलो संख्यामा सादा पोशाकको प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
त्यस्तैं, राष्ट्रपति सीको सम्मान तथा सवारी सुरक्षाका लागि सैनिक हेलिकप्टरले गस्ती गर्ने जनाइएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले उच्चस्तरीय भ्रमणलाई सफल पार्न आवश्यक सुरक्षा तयारी भइरहेको बताउनुभयो ।
दशैं लगत्तै चीनबाट उच्चस्तरीय भ्रमण छिट्टै हुने पनि कुन दिन हुने भन्ने सुरक्षाको दृष्टिकोणले खुलाउन चाहेको छैन । सम्भवत यही २५ गतेदेखि २७ गतेसम्ममा राष्ट्रपति सी नेपाल आउने अनुमान गरिएको छ ।
यसको किसिमको उच्चस्तरीय भ्रमणको विषयमा भएका गरेका सुरक्षा योजना, तयारी र मितिलाई सुरक्षाको दृष्टिकोणले खुलाउन मिल्दैन, प्रहरी प्रवक्ता पोखरेल भन्नुहुन्छ– चिनियाँ भिभिआइपीको सुरक्षा तयारी प्रभावकारी ढंगले मिलाइएको छ ।
यसैबीच, राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी तथा परीक्षण उडानका क्रममा एयर चाइनाको बोइङ जहाज बुधबार दिउँसो त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
महानगरीय प्रहरी प्रहरी विमानस्थल सुरक्षागार्डका अनुसार, एयर चाइनाको बोइङ जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा केही उडानहरू छोटो समयका लागि रोकिएका थिए ।
यो भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट हो । विमानस्थल सुरक्षागार्डका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार, चिनियाँ अधिकारी, विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँगको छलफलपछि विमान फर्किएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top