महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव

राजनीति असोज १४ २०७६ ekhabarnepal
Sachiwalaya bhlecfhjei

काठमाडौं,असोज १४
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको सचिवालयका एक नेताले बताए ।

यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभामुख महरा नेकपाका प्रभावशाली नेता हुन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top