नेकपाले आकस्मिक सचिवालय बैठक बोलायो  

राजनीति असोज १४ २०७६ ekhabarnepal

काठमाडौं,असोज १४ :

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। 
नेकपाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारकोआरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा नेकपाका अध्यक्षनिकट स्रोतले बताएको छ। 
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ। दुवैबीचको छलफल सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने बताइएको छ। 
पार्टी एकताको बाँकी काम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ। संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत आइतबार साँझ आफूमाथि यौन दुर्व्यवहार गरेको महिला कर्मचारीले आरोप लगाएकी छन्। 
उनले विभिन्न संचार माध्यममा आफूमाथि सभामुखले कोठामै आएर बलात्कार गरेको आरोप लगाएकी हुन्। उक्त विषय सोमबार सार्वजनिक भएको हो। 
सभामुखले भने आफूलाई फसाइएको प्रष्टिकरण दिएका थिए। सभामुखको सचिवालयले पनि विज्ञप्ति जारी गर्दै राजनीतिक छवि बिगार्नका लागि विभिन्न समूह लागिपरेको आरोप लगाएको थियो। 
ओली र प्रचण्डले बालुवाटारमा सभामुखसँग राजीनामा माग्नेबारे छलफल भइरहेको बताइएको छ। त्यसपछि उक्त विषयबारे सचिवालय बैठकमा छलफल गर्ने बताइएको छ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top