सैनामैनामा ब्याडमिन्टन कबर्डहलको निर्माण

खेल असोज १३ २०७६ ekhabarnepal
1

सैनामैना,असोज १३
सैनामैना नगरपालिकामा करिब १ करोड लागतमा ब्याडमिन्टन कबर्डहलको निर्माण गरिएको छ । सैनामैना नगरपालिकाको ७६ लाख ६० हजार ,जिल्ला समन्वयनको १० लाख, खेलकुद बिकास समितको १० लाख, र सैनामैना ब्याड मिन्टन क्लबको ५ लाख गरी १ करोड १ लाख ६० हजार बजेटमा सैनामैना –३ पुष्पनगरमा कर्डहलको निर्माण गरिएको हो ।a
१२ खेलाडी खेल्न मिल्ने कबर्ड हलमा ८ सय मानिस अट्न सक्ने क्षमता रहेको छ ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले कबर्डहलको उद्घाटन गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँनु भएको छ । प्रदेशका सबै स्थानीय तहमा प्रदेश सरकारले खेलकुद क्षेत्रको संरचना निर्माणको लागि सर्शत अनुदानमा बजेट पठाएको उँहाले बताउँनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरमा खेलकुद क्षेत्रको विकासको लागि तिव्र गतिमा भौंतिक संरचना निर्माणमा जोड दिएको बताउँनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top