पर्यटन प्रबर्द्धनका लागि  गण्डकी प्रदेश बुटवलमा 

समाज असोज ९ २०७६ ekhabarnepal
Paryatan 34 306660856


१० लाखवटा सहुलियत कार्ड बाँडिने 
बुटवल,असोज ९ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको नेतृत्वमा ५० जनाको जम्बो टोली पर्यटन प्रबर्द्धनका लागि बुटवल आइपुगेको छ । आठ दिने भ्रमणमा आजै निस्किएको टोलीलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरावाट बिदाई गरेका थिए । शुक्रवार दिउसो ३ वजे बुटवलस्थित आम्रपाली होटलमा विशेष कार्यक्रम गर्ने तयारकिा साथ सो टोली आइपुगेको हो । 

उक्त टोलीले प्रदेश नं. १, २, ३ र ५ को  भ्रमण गरी गण्डकी प्रदेशको प्रचारप्रसार गर्ने छ । 
मुख्यमन्त्री गुरुङले नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारले नै घोषणा गरेको गण्डकी भ्रमण वर्ष २०२२ सम्म २० लाख पर्यटक ल्याउन छिमेकी देशमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उद्घोष पनि गरे । 

पर्यटक ल्याउन हिँडेका हौँ ः मन्त्री लम्साल

गण्डकीका पर्यटनमन्त्री लम्सालले अबका तीन महिनामा १५ लाख पर्यटक पोखरा भित्र्याउने उद्देश्यका साथ प्रबर्द्धनात्मक कार्यक्रम गरिएको वताएका छन् । “यो अभियान २०१९ का लागि मात्र होइन, २०२२ सम्मका लागि हो, सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउन हामीले सुरुमा प्रदेशभित्र भएका पर्यटकीय चिजहरु बेच्न सक्नुपर्छ, त्यसकै प्रबर्द्धनका लागि यो अभियान सुरु भएको हो,” उनले भने ।

 पोखरा भ्रमणमा जाने पर्यटकलाई छुटसहितको प्याकेजका कार्यक्रम घोषणा गरिएको छ । गौरवशाली गण्डकी नारासहितको छुटमा पाँचवटा प्याकेज दिइएको छन् । पश्चिमाञ्चल होटल संघसँगको समन्वयमा होटलमा १५ प्रतिशत, रेवानसँगको सहकार्यमा रेष्टुराँमा १० प्रतिशत, साहसिक पर्यटनसँग सम्बन्धित प्याराग्लाइडिङसहितका खेलमा १० प्रतिशत, नाट्टासँगको सहकार्यमा टुर प्याकेजमा १५, पर्यटकीय बाहनमा १५, ट्रेकिङका सामान किन्दा अनि इम्ब्रोइडरी पसलमा पनि त्यति नै छुटको व्यवस्था छ ।

यसैगरी टानसँगको सहकार्यमा पदयात्रामा निःशुल्क पथप्रदर्शक दिइने प्याकेजमा उल्लेख छ । पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरुसँगको सहकार्यमा यो प्याकेज घोषणा गरेको हो । 

पर्यटनमन्त्री विकास लम्सालले आन्तरिक भ्रमण वर्षभर करिब १० लाखवटा सहुलियत कार्ड बाँडिने बताएका छन् । उनका अनुसार विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार बुटबलबाट यो कार्ड बाँड्न सुरु गरिनेछ । 

आन्तरिक पर्यटकलाई निम्तो दिन निस्केको मन्त्रालयको टोलीले हरेक जिल्लामा पुगेर सहुलियत कार्ड बाँड्ने र यसको प्रभावकारी कार्यान्वयमा पनि जोड दिने छ । 

प्राप्त प्रतिकृयाहरू

To Top