कार र ट्रक ठोक्किँदा कावासोतीमा ५ जनाको मृत्यु

समाज असोज ७ २०७६ ekhabarnepal
1

नवलपरासी,आश्विन ७ 
 पूर्व-पश्चिम महेन्द्रराजमार्गअन्तर्गत कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ जनाको मृत्यु भएको छ । सोमबार राति करिब १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी देबचुली नगरपालिका केउरेनीका ३५ वर्षका पूर्णबहादुर बिक, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगर छन्। अन्य २ जनाको सनाखत भएको छैन।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दांगबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस सोमबार राति अरुणखोलामा पल्टिँदा बसका चालक हेटौंडाका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको र अन्य ३९ जना घाइते भएका छन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top