वौद्ध विश्वविद्यालयमा कानुनमा स्नातक तहको कार्यक्रम शुरु

समाज असोज ६ २०७६ ekhabarnepal
Lbu photo

  बुटवल,असोज ६ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा शुरु गरेको कानुनमा स्नातक तहको बिएएलएलबी कक्षा औपचारिक रुपमा शुरु गरेको छ । बिएएलएलबीसंगै विविटिटिएमको नया कक्षा समेत आइतबारबाट शुरु गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले पछिल्लो तीन वर्षमा सञ्चालनमा ल्याएका यी महत्वपूर्ण कार्यक्रम हुन । बुटवलस्थित कान्ति माविको भवनमा विश्वविद्यालयका दुई शैक्षिक कार्यक्रम शुरु गरिएको हो । विएएलएलबी सहित विविटिटिएमको कक्षा विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यक्रमहरु विस्तारै बढ्दै जाने बताए । विएएलएलबी प्रदेश सरकारको समन्वयमा शुरु गरिएको भन्दै यसलाई अझै विस्तार गरिने उनले बताए ।


लुम्बिनी र बुटवलमा सञ्चालनमा भएका कार्यक्रमले नयाँ प्रकृतिका जनशक्ति उत्पादन गर्ने उनले बताए । सरकारले भ्रमण वर्षको घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै उनले पर्यटन क्षेत्रको जनशक्ति विश्वविद्यालयबाट उत्पादन हुने उनको जिकिर छ । दक्ष जनशक्तिको अभावमा लुम्बिनी क्षेत्रको पर्यटन विकासमा नभइरहेको भन्दै उनले अब भने कुनै जनशक्तिको अभाव नहुने उनले बताए । ट्राभल एण्ड टुरिजम विषय निकै महत्वपूर्ण रहेको भन्दै उनले विद्यार्थीलाई मेहनत गरेर अध्ययन गर्न आग्रह गरे ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका मानविकी तथा समाजिक विज्ञान अध्ययन संकायनका डीन प्रा. डा.वेद गिरीले विएएलएलबी कक्षा बुटवलमै सञ्चालनमा आउनुले विद्यार्थीहरुलाई सहज भएको बताए । कानुन विषयलाई बौद्ध दर्शनसंग जोड्नु अझै महत्वपूर्ण रहेको उनले बताए ।

त्यस्तै बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले बौद्ध विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराए । सो अवसरमा दुबै कार्यक्रमतर्फका विद्यार्थीलाई स्वागत गरिएको विविटिटिएम कार्यक्रमका संयोजक वलवहादुर पाण्डेले जानकारी दिए । यी दुबै कक्षा विहानीसत्रमा सञ्चालन हुने उनले बताए ।

यसअघि जानकीनगरमा सञ्चालन भएको बिबिटिटिएम कार्यक्रम समेत यो सत्रसंगै कान्ति स्कुल परिसरमा सरेको हो । विएएलएलबीमा ८० जना र विविटिटिएममा ३० जना विद्यार्थी भर्ना भइसेको विश्वविद्यालयले जनाएको छ ।

यसैबीच लुम्बिनी बौद्ध विश्वविद्यालयमा मानविकी तथा समाजिक विज्ञान अध्ययन संकायतर्फको डीनमा प्रा. डा. बेद गिरी नियुक्त भएका छन् । अमेरिकाको भर्जिनिया युनिभर्सिटीबाट विद्यावारिधी गरेका गिरीले अमेरिकामै १८ वर्ष प्राध्यापन गरेका छन् ।

विश्वविद्यालयले पहिलो पटक यो संकायमा डीन नियुक्त गरेको हो ।

 


 

प्राप्त प्रतिकृयाहरू

To Top