देशभर बाढीपहिरोको सम्भावना : बाढी पूर्वानुमान 

समाज असोज १ २०७६ ekhabarnepal
3

  रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा आसपासका नदी÷खोलामा पनि आज बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सल्लाह छ।
काठमाडौं, असोज १
केही दिनदेखि जारी वर्षाका कारण देशभर बाढीपहिराेकाे जाेखिम बढेकाे उल्लेख गर्दै सर्वसाधारण सबैलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज (बुधबार) कोसी, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती तथा यसका सहायक नदीमा बाढी आउने सम्भावना छ। बाढीको बहाव सतर्कता आसपास पुग्ने सम्भावना रहेकाले उक्त नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै काठमाडौं उपत्यकासहित मकवानपुर, सिन्धुली, रसुवा, नुवाकोट, लमजुङ, कास्की, चितवन, नवलपरासीबाट बहने नदी/खोलामा पनि आज बाढी आउने सम्भावना छ।

यसैगरी रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा आसपासका नदी÷खोलामा पनि आज बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सल्लाह छ।

यसैगरी प्रदेश ३ र गण्डकीको पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेकाले होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज प्रदेश १, २ र सुदूरपश्चिमका तराई तथा चुरेबाट बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने र केही नदीमा जल सतह सतर्कता आपपास पुग्ने सम्भावना उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

मौसमविद्का अनुसार आज (बुधबार) देशभरजसो वर्षा हुनेछ भने काठमाडौं उपत्यकासहित देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना  छ। 

प्राप्त प्रतिकृयाहरू

To Top