सोलुखुम्बुबाट उडेका ७ हेलिकोप्टर आकस्मिक अवतरण

समाज भाद्र ३१ २०७६ ekhabarnepal
3dce9cb7a915fc369f59ee929644eadb w1000 h500 cp


काठमाडौँ,भदौ ३१ 
 सोलुखुम्बुको लुक्लाबाट उडेका कम्तिमा ७  वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण काठमाडौँ आउन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण ७–८ वटा हेलिकप्टर काठमाडौँबाट २५ देखि ३५ किलोमिटरको दूरीमा सुरक्षित स्थानमा अवतरण गरेर बसेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
उडानकै क्रममा मौसम प्रतिकूल भएपछि हेलिकप्टरहरुले सुरक्षित स्थान खोजेर आकश्मिक अवतरण गरेको जनाइएको छ । मनाङ्ग, सिम्रिक र कैलाश एयरसहितका हेलिकप्टर खराब मौसमका कारण काठमाडौँ आउन नसकेका हुन् ।

केही दिनदेखि लगातार मौसम खराब हुँदा लुक्ला विमानस्थलबाट उडान हुन सकेको छैन । यसले गर्दा ३०० भन्दा बढी पर्यटक अलपत्र परेका छन् । लुक्ला क्षेत्रमै रोकिएर आएका पर्यटक सवार हेलिकप्टरहरु नै काभ्रेको पाँचखालसहितका क्षेत्रमा आकश्मिक अवरतरण गरेर बसेका हुन्।

प्राप्त प्रतिकृयाहरू

To Top