पत्रकार डी.आर . घिमिरेवाट बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना 

समाज भाद्र ३० २०७६ ekhabarnepal
1

सहयोगी बि . सि. 
सन्धिखर्क अर्घाखाँची भदौ ३० 

अर्घाखाँची जिल्लाको साबिक मैदान ४ हाल पाणिनी गाउँ पालिका वडा नं. ५ मैदानमा जन्मभै बिगत साढे ३ दशक देखि बुटवलमा पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार डी.आर . घिमिरेले आफ्ना स्वर्गीय पिता र माताको स्मृतिमा श्री कृष्ण मा. बि. मैदान अर्घाखाँचीमा रु १,५०,१११ को डाँसुराम ( कलावती घिमिरे स्मृति छात्रवृत्ति  अक्षयकोष स्थापनार्थ चेक हस्तान्तरण गर्नु भएको छ ।
आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरि पाणिनी वडा नं.५ का वडा अध्यक्ष जिबलाल घिमिरे र प्रधानाध्यापक जिबनारायण भट्टराईलाई संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा आफुले १६ श्राद्वमा बुबाआमालाई जिबन्त रूपमा स्मरण गर्न तथा सो को ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थी लाई शिक्षा हासिल गर्न सहज होस भनेर एउटा सानो कामको सुरुवात गरेको बिचार ब्यक्त गर्नुभयो।
आफू जन्मेको ठाउँ,शिक्षा हासिल गरेको बिधालय र सहकर्मीसंगको सम्बन्ध कायम रहिरहोस भन्ने पनि यसको उदेश्य रहेको उहाँले बताउनु भयो । उहाँले आगामी ३ बर्ष भित्रमा सो रकम लाई देब्बर बनाउनुको साथै जिल्लाका अन्य बिधालयमा पुस्तकालयको समेत स्थापना गर्ने उदघोष उहाँले  गर्नुभयो।
सोही अबसरमा चेक ग्रहण गर्दै वडा अध्यक्ष जिवलाल घिमिरेले उक्त रकमको सहि सदुपयोग गर्ने र यस प्रकारको सामाजिक कामले समाजलाई सहि बाटोमा डोर्‍याउन मद्दत पुग्ने र अरु हरुलाई पनि आफुले शिक्षा हासिल गरेको बिधालयलाई केही न केही गर्नु पर्दछ भन्ने सन्देश दिएको बिचार ब्यक्त गर्नुभयो ।
सो अबसरमा बिधालयका प्रधानाध्यापक जिबनारायण भट्टराईले बिधालयको विविध बिषयमा प्रकाश पार्नु भएको थियो । साथै उहाँले पत्रकार डी. आर. घिमिरेले अक्षयकोष स्थापना गरेर श्री कृष्ण मा. बि. लाई ठूलो गुण लगाएको बताउनु भयो।
पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकालीले पत्रकार घिमिरेले पत्रकार हरुलाई आफ्नो परिबार सम्झेर पत्रकारका बिच एउटा ऐतिहासिक कामको सुरुवातको घोषणा गर्नु भएकोमा धन्यवाद आभार ब्यक्त गर्नुभयो

प्राप्त प्रतिकृयाहरू

To Top