सैनामैनामा अपाङ्गता भएकालाई निशुल्क ह्वील चियर तथा ट्राई साईकल 

समाज भाद्र ३० २०७६ ekhabarnepal
1

 अपाङ्गमैत्री नगर बनाउछौ ः मेयर कार्की 
टिका खरेल

भाद्र ३० सैनामैना 
संबिधान दिवस तथा बाल दिवसको अवसरमा सैनामैना नगरपालिकामा अपाङ्गता भएका ब्यतिmहरुलाई निशुल्क हवील चियर तथा ट्राई साईकल बितरण गरिएको छ । 
दातृ संस्था एलडिएस च्यारिटिस अमेरिकी संस्था र सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज काठमाण्डौ र रुपन्देही अपाङ्गता पुनस्थापना केन्द्र सैनामैनाको सहजीकरणमा हवील चियर तथा ट्राई साईकल बितरण गरिएको हो । 
सैनामैना नगरपालिकामा अब बन्ने सरकारी संमरचना लाई अपाङ्गमैत्री बनाउने सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । अपाङ्गता भएका ब्यतिmको सम्मानित र सुबिधाजनक जिवन कसरी बनाउन सकिन्छ भन्ने तर्फ आफुहरु सचेत रहेको बताउदै प्रमुख कार्कीले हवील चियर तथा ट्राई साईकलले अपाङ्गता भएको ब्यतिmको जिवन केही सहज हुनुको साथै उहाहरुको आत्मा बल समेत बढने बताउनु भएको थियो ।  
सैनामैना नगरपालिकाले अपाङ्गता भएका ब्यतिmहरुलाई अपाङ्गता परिचय पत्र बितरण गरिरहेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भयो । पुरानो अपाङ्गता परिचय पत्र आवश्यता अनुसार परिमार्जन गरिदै लागिएको समेत प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भएको थियो । 
कार्यक्रममा , सैनामैना वार्ड नं ९ का वडाध्याक्ष डोलनाथ भण्डारी दाता संस्थाका राष्ट्रिय अपाङ्गता पुनस्थापना समाज काठमाण्डौका सुमन भट्टराई, बालकृष्ण मरासिनी, रुपन्देही अपाङ्गता पुनस्थापना केन्द्रकी अध्यक्ष कल्पना ढकाल, सुबि गुरुङ्ग, सन्तोष पन्थ लगायतले अपाङ्गता भएका ब्यतिmको हक अधिकारको बिषयमा बोलेका थिए । 
सैनामैनाको क्लौनी स्थित कालमोचन मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा सैनामैनाका १६ जना अपाङ्गता भएका ब्यतिmहरुलाई निशुल्क हवील चियर तथा ट्राई साईकल बितरण गरिएको थियो । 
सोही अवसरमा रुपन्देही अपाङ्गता पुनस्थापना केन्द्र सैनामैनाद्धारा संचालित छ महिने सिलाईकटाई तालिममा सहभागी प्रशिक्षर्थीहरुलाईं प्रमाण पत्र बितरण गरिएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top