सरकार कसैका अघि लत्रेको छैन– परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति भाद्र २७ २०७६ ekhabarnepal
1

बुटवल, भदौ २७ 
परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदीप  ज्ञवालीले जन अपेक्षा अनुसार काम गर्न नसके पनि धेरै राम्रा कामहरु गरेको वताउनु भएको छ । मिडियाहरुले लेखेका समाचारले केही नगरेजस्तो लागे पनि मसिनो गरि हेर्दा थुप्रै सकारात्मक काम भएको दावी गर्नुभयो । भ्रटाचार नियन्त्रण भएको छैन तर, धेरै कमी आएको छ भन्दै उहाँले भन्नुभयो, कतिपय ब्यक्ति आत्महत्यासम्म गर्ने अवस्थामा पुग्नु भनेको बँच्न सकिदैन भनेरै हो । 
प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यसैसाता पूरा भएको पेट्रोलियम पाईपलाईनको उद्घाटन दक्षिण एशियाकै लागि नमूना भएको वताउनु भयो 

हिंजो मालपोत, भन्सार कार्यालय, बैदेशिक रोजगार विभाग जस्ता निकायमा जान लालयीत हुनेहरु आज सरकारले त्यहांका प्वाल बन्द गरिदिएका कारण जान ईच्छुक छैनन् यसले पनि सरकार भ्रष्टचार र अनियमितता प्रति निर्मम बनेको छ भने प्रष्ट हुन्छ, उहाँले भन्नुभयो ।

 परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय विदेशमा नेपालको छवि संगै छिमेकी मुलुकहरुको नेपालप्रतिको रुचि तथा आकर्षण पनि बढ्दै गएको बताउनु भएको छ ।

 नेपालसंग अन्तरदेशिय सम्बन्ध सुमधुर बन्दै जांदा चिन र भारत नेपालको विश्वासिलो विकास साझेदार समेत बन्दै गएको बताउँदै यो सरकार कसैसंग लत्रिएको छैन भन्नुभयो ।  
परराष्ट्रमन्त्री ज्ञवालीले उपयुक्त समयमा चिनिया उच्चस्तरीय राजनितिक तहबाट नेपालको भ्रमण हुने विश्वास ब्यक्त गर्नुभयो । 

मन्त्री ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेश मन्त्री वाङ यीले यसै साता नेपालको तीन दिने औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् ।

सो भ्रमणमा विदेशमन्त्री वाङसंग केरुङ, कर्णाली, कालीगण्डकी करिडोरको निर्माण संगै चिनको तिव्र विकासको लयसंग नेपालले कसरी लय मिलाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतिय खुल्ला सिमानाको दुरुपयोग गरी अवाञ्छित कृयाकलाप नबढोस् भन्ने तर्फ सचेत बन्दै विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनमा आउँदा धेरै समस्या हल हुने विश्वास ब्यक्त गर्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top