सिद्धबाबा वन्यो मृत्युमार्ग, गुडिरहेको जीप र स्काेरपीओ माथि पहिरो 

समाज भाद्र २७ २०७६ ekhabarnepal
1568354191d2de5dd4 49e5 4978 a938 5f5967

बुटवल,भदौ २७
 सिद्धार्थ राजमार्गअन्तरगत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै शुक्रबार बिहान दुई वटा गाडी पहिरोमा पुरिएका छन् । 

बुटवलबाट बाग्लुङको बरेङतर्फ जाँदै गरेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ५९३८ नम्बरको स्काेरपीओ कारलाई पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबा (हेडबक्क) नजिकै माथिबाट खसेको पहिरोमा परेका थिए । 

पहिरोमा परेर जीप चालक रुपन्देही तिलोत्तमाको मक्रहरका कमल परियारको घटनास्थलमै मृत्यु भएको छ भने जीपमा सवार ४ जना गम्भीर घाइते छन् बुटवलका नरेन्द्र हमाल र निमल शाही, गुल्मी पूर्तिघाटका प्रेम सुनार र रुपन्देही शंकरगरमा ललित मल्ल गम्भीर घाइते भएका छन् ।

उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी भीमलाल भट्टराई जानकारी दिए । स्काेरपीओमा सवार ३ जना सकुसल रहेका चालक स्कारपियो चालक दलबहादुर रानाले बताए । 

‘जिपमा माथिबाट पहिरो खसेपछि केही यात्रु भागेका देखिन्छन्, कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन’ डिएसपी मल्लले भने । 

पहिरोबाट बन्द रहेको सडक खुलाउने अन्तिम तयारी भइरहेको भट्टराईले जानकारी दिए । केही समय अगाडि पनि पहिरोमा मोटरसाइकल परिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top